Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राजनिति

गठबन्धनको सिट बाडफाड : चितवन १ र २ काँग्रेसलाई ३ माओवादीलाई

गठबन्धनको सिट बाडफाड : चितवन १ र २ काँग्रेसलाई ३ माओवादीलाई

इच्छाकामना न्युज

२२, आश्विन २०७९
गठबन्धनको सिट बाडफाड : चितवन १ र २ काँग्रेसलाई ३ माओवादीलाई
images

चितवन । सत्तारुढ गठबन्धनले शुक्रबार राति अबेरसम्ममा सिट बाँडफाड बाँडफाड टुंगो लगाएको छ । यससंगै चितवनको सिट समेत टुंगो लागेको छ । प्रतिनिधिसभा तर्फ रहेका तीन वटा निर्वाचन क्षेत्र मध्ये कांग्रेसले २ र माओवादीले एक सिट पाएका छन् ।

images
images

कांग्रेसको भागमा क्षेत्र नं.१ र २ परेको छ भने क्षेत्र नं.३ माओवादी केन्द्रकै भागमा परेको छ । क्षेत्र नं.३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्ने तयारी थियो । तर शुक्रबार नै माओवादी अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नं.२ मा उठाउने निर्णय गरेको छ ।

यस्तै प्रदेशसभातर्फका ६ वटा सिट मध्ये ३ वटा कांग्रेसले पाएको छ भने २ वटा माओवादी केन्द्र र एउटा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । प्रदेश १ (क) नेपाली कांग्रेसको भागमा परेको छ भने १ (ख) नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ ।

त्यस्तै क्षेत्र नं.२ (क) नेकपा (माओवादी केन्द्र)को भागमा परेको २ (ख) नेपाली कांग्रेसको भागमा परेको छ । यसैगरि क्षेत्र नं.३ (क) नेपाली कांग्रेसको भागमा परेको छ ३ (ख) माओवादी केन्द्र)ले पाएको छ ।

गठबन्धनले सिट बाँडफाड टुंगो लगाएपछि शनिबार दलहरुले उम्मेदवार टुंगो लगाउने छन् । आइतबार विहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया हुनेछ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०८:१८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology