Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखामा यी हुन् नेकपा एमाले र गठबन्धनका उम्मेद्वारहरु (नामावली सहित)

गोरखामा यी हुन् नेकपा एमाले र गठबन्धनका उम्मेद्वारहरु (नामावली सहित)

इच्छाकामना न्युज

२२, आश्विन २०७९
गोरखामा यी हुन् नेकपा एमाले र गठबन्धनका उम्मेद्वारहरु (नामावली सहित)
images

गोरखा । गोरखामा सत्तारुढ गठबन्धन र एमालेले उम्मेद्वार टुंगो लगाएको छ। जस अनुसार नेकपा एमालेको गोरखाका प्रतिनिधि सभा उम्मेद्वारहरुमा क्षेत्र नं. १ मा पूर्वमन्त्री रामशरण बस्नेत र क्षेत्र नं. २ अबुदुस मिया रहेका छन्।

images
images

क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा सुरेन्द्र थापा र ‘ख’ मा मोहन भट्टले टिकट पाएका छन् भने क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ मा राजु राना र ‘ख’ मा बसन्त गुरुङले टिकट पाएका छन्।

यस्तै बालुवाटारको उच्च स्रोतका अनुसार गठबन्धनबाट प्रतिनिधि सभा तर्फ गोरखा १ मा नेपाली कांग्रेसका चिनकाजि श्रेष्ठ र २ बाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेद्वार हुने भएका छन् ।

प्रदेश सभा तर्फ १ को ‘क’ मा माओवादीको तर्फबाट मुख्यमन्त्रीको दाबेदारसहित हरिराज अघिकारि र १ ‘ख’ मा कांग्रेसका तर्फबाट नन्दप्रसाद न्यौपाने उम्मेदवार बन्ने भएको छन् । 

साथै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दाबीसहित सुरेन्द्रराज पाण्डे र ‘ख’ बाट नेसपाको तर्फबाट रमेश पोखरेल ‘अटल० उम्मेदवार बन्ने भएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०८:३८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology