Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सर्वोच्चमा विचाराधिन मुद्दालाई असर पर्ने गरी काँग्रेसले आन्दोलन गर्दैनः देउवा 

सर्वोच्चमा विचाराधिन मुद्दालाई असर पर्ने गरी काँग्रेसले आन्दोलन गर्दैनः देउवा 

इच्छाकामना न्युज

१६, पौष २०७७
सर्वोच्चमा विचाराधिन मुद्दालाई असर पर्ने गरी काँग्रेसले आन्दोलन गर्दैनः देउवा 
images

काठमाण्डौ, १६ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई असर पर्ने गरी काँग्रेसले आन्दोलन नगर्ने प्रष्ट पार्नुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक भए पनि अदालतमा मुद्दा परेकाले त्यसका विरूद्ध काँग्रेसले आन्दोलन गर्ने प्रष्ट््याउनु भएको हो । 
प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने पनि उहाँले बताउनुभयो । प्रतिनिधिसभा विघटनविरूद्ध सडक आन्दोलन तताउने वा अदालतको आदेश पर्खने भन्ने विवादकाबीच देउवाको पछिल्लो अभिव्यक्तिसँगै नेपाली काँग्रेस तत्काल सडक आन्दोलनमा नजाने देखिएको छ । 
काँग्रेसले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबका बीच पुस १३ मा देशव्यापी प्रदर्शन गरेको थियो ।

images
images

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १८:१३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology