Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा १५ जना सांसद निलम्बन 

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा १५ जना सांसद निलम्बन 

इच्छाकामना न्युज

१६, पौष २०७७
प्रदेश १ का मुख्यमन्त्री राईद्वारा १५ जना सांसद निलम्बन 
images

विराटनगर, १६ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गर्नुभएको छ। राईले कारबाही स्वरुप १५ सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गर्नुभएको हो ।
आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गर्नुभएको हो । निलम्बनमा पर्ने प्रदेश सांसदहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ रहेका छन् । 
आज नै मुख्मन्त्री राईलाई नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट हटाई भीम आचार्यलाई चयन गरेको थियो । यसअघि प्रचण्ड–नेपाल समूहले नै राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो, जसमा आचार्यलाई मुख्यमन्त्रीमा प्रस्तावित गरिएको थियो ।

images
images

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १८:१४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology