Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

निर्वाचनमा हुने अनावश्यक खर्चले अर्थतन्त्र प्रभावित बन्ने 

निर्वाचनमा हुने अनावश्यक खर्चले अर्थतन्त्र प्रभावित बन्ने 

इच्छाकामना न्युज

२, कार्तिक २०७९
निर्वाचनमा हुने अनावश्यक खर्चले अर्थतन्त्र प्रभावित बन्ने 
images

काठमाण्डौ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने अनावश्यक खर्चले अर्थतन्त्रलाई प्रभावित बनाउने अर्थविदहरूले बताएका छन् । निर्वाचन आयोगले खर्चको सीमा तोके पनि उम्मेदवारहरूले अप्रत्यक्ष रुपमा गर्ने खर्चका कारण मुलुकको अर्थ व्यवस्थालाई नै कमजोर बनाउने विज्ञहरू विश्लेषण गर्छन् ।

images
images

पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाले मुलुक अहिले आर्थिक रुपले कमजोर भएको स्थितिमा अनावश्यक खर्चले थप भार पर्ने बताउनुभयो ।

मतदाताले आफ्नो मताधिकार र सक्षम व्यक्तिलाई चुन्नेमा ध्यान दिने हो भने दलहरूले पैसामा भोट किन्ने परम्परा अन्त्य हुने उहाँको भनाइ छ । दल र दलका उम्मेदवारले प्रचारप्रसारका लागि आवश्यकताभन्दा बढी ब्यानर, पर्चा, पम्प्लेट, टी सर्ट लगायतका छाप्ने, बाँड्ने, मतदातालाई आर्थिक प्रलोभन दिने जस्ता काममा अनावश्यक खर्च गर्ने गरेको पाइन्छ ।

आयोगले भने विभिन्न तीन पक्षलाई आधार मानेर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ फरकफरक निर्वाचन क्षेत्रका लागि फरकफरक खर्चको सीमा तोकेको छ । जसमा २६ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले ३३ लाख रूपैँयासम्म खर्च गर्न पाउनेछन् भने ३१ लाखसम्म खर्च गर्न पाउने क्षेत्रहरू ५२ वटा रहेका छन् ।

यस्तै अधिकतम २९ लाखसम्म खर्च गर्न पाउने क्षेत्र ६५ वटा रहेका छन् भने १७ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारहरूले बढिमा २७ लाख खर्च गर्न पाउने छन् । सबैभन्दा कम २५ लाख खर्च सिमा तोकेको निर्वाचन क्षेत्रहरू भने काठमाडौं जिल्लामा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । 

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:१७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology