Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रतिनिधिसभा विघटनले देश अनिश्चित बाटोमाः पूर्वराष्ट्रपति यादव 

प्रतिनिधिसभा विघटनले देश अनिश्चित बाटोमाः पूर्वराष्ट्रपति यादव 

इच्छाकामना न्युज

१६, पौष २०७७
प्रतिनिधिसभा विघटनले देश अनिश्चित बाटोमाः पूर्वराष्ट्रपति यादव 
images

काठमाण्डौ, १६ पुस । पूर्वराष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अहिले अनिश्चित बाटोमा गइरहेको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । 
सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने उहाँको विश्वास छ । प्रतिनिधिसभामा ३ करोड नेपाली जनताको प्रतिनिधि बस्ने भन्दै उहाँले प्रतिनिधिसभालाई विघटन गरेर लोकतन्त्रलाई आघात पु¥याउने काम गरिएको बताउनुभयो । 
त्यस्तै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकषर्ण गरेको भन्दै त्यो देशका लागि सुखद नहुने उहाँको धारणा छ । 

images
images

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १८:१७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology