Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नेपालमा पनि कोरोनाको एक्सबिबी सब–भेरियन्ट : भेटियो

नेपालमा पनि कोरोनाको एक्सबिबी सब–भेरियन्ट : भेटियो

इच्छाकामना न्युज

७, कार्तिक २०७९
नेपालमा पनि कोरोनाको एक्सबिबी सब–भेरियन्ट : भेटियो
images

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सब–भेरियन्ट (एक्सबिबि)का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ। यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

images
images

मन्त्रालयले गत साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो। सोही क्रममा एक्सबिबि सब–भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो।

मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले मास्कलगायतको उचित प्रयोग गर्न सबैमा अनुरोध गरेको छ। यो सबभेरियन्ट तिव्र गतिमा फैलिने सम्भावना रहेको पनि मन्त्रालयको भनाइ छ।

health.webp

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ०८:२०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology