Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विदेशको कमाई स्वदेशमा लगानी गर्दै युवा, भरतपुरमा खोल्यो टाउन रेसिडेन्सी होटल

विदेशको कमाई स्वदेशमा लगानी गर्दै युवा, भरतपुरमा खोल्यो टाउन रेसिडेन्सी होटल

इच्छाकामना न्युज

१६, पौष २०७७
विदेशको कमाई स्वदेशमा लगानी गर्दै युवा, भरतपुरमा खोल्यो टाउन रेसिडेन्सी होटल

चितवन, १६  पुस । भरतपुरको मालपोत चोक नजिकै भरतपुर टाउन रेसिडेन्सी सञ्चालनमा आएको छ । चितवनका ६ युवाले ९६ लाख लगानी गरेर उक्त रेसिडेन्सी सञ्चालन गरेका हुन् । रेसिडेन्सीले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

images

जागृतिचोक जाने बाटो तर्फ रेसिडेन्सी रहेको छ । पत्रकार सम्मेलनमा सञ्चालक समुन्द्र अर्यालले रेसिडेन्सीमा क्याफे, रेष्टुरेण्ट, लज र बार रहने जानकारी दिए । रेसिडेन्सीमा आउने पाहुनाले पक्कु, भुटुवा, भुटनलगायतका टिपिकल नेपाली खानाको स्वाद लिन पाउने उनले बताए । टिपिकल खानाका रुपमा कसौडीमा पकाएको खसीको पक्कु, टाउन प्लाटर (विभिन्न १५ प्रकारका स्वादिष्ट खाजाका परिकारसहित) र खसीको भुटुवा (कार्टनकुटन) लगायतका परिकार पाइने उनको भनाइ छ ।

उनका अनुसार रेसिडेन्सीमा बास बस्न चाहने पाहुनाका लागि प्रिमियम क्वालिटीका कोठाहरु समेत छन् । जसमा डिलक्स, स्विट र नर्मल गरी १४ वटा कोठाहरु रहेका छन् । यस्तै तीन छुट्टै सर्भिस अपार्टमेण्टसमेत छ । अपार्टमेण्टमा पाहुनाले आँफैले पकाएर खान सक्ने उनले बताए । यी सबैमा एकैपटक ५० जनालाई राख्न सकिने छ । डेढ कट्ठाजग्गामा चार तले भवन निर्माण गरी रेसिडेन्सी सञ्चालनमा ल्याइएको उनले बताए ।

कोठाको प्रतिदिन एक हजार ८०० रुपैयाँदेखि तीन हजार ५०० रुपैयाँसम्म र अपार्टमेण्टलाई प्रतिदिन चार हजारदेखि ६ हजार रुपैयाँसम्म पर्ने अर्का सञ्चालक भोजबहादुर खड्काले जनाए । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रबार पुस १७ गतेदेखि औपचारिक रुपमा सेवा सुरु हुने उनको भनाइ छ । रेसिडेन्सीको औपचारिक उद्घाटन भने पुस २० गते हुनेछ । बजारमा चलेको भन्दा सुपथ मूल्यमा अझैस्तरीय सेवा दिने खड्काको दाबी छ ।

खड्काका अनुसार विदेशमा सीप सिकेर आएका केही युवा र स्वदेशमै होटल व्यवसायमा सक्रिय युवाले स्वदेशमै आत्मनिर्भर बन्ने गरी लगानी गरेका हुन् । लगानी गर्ने अन्य चार जनामा शंकरबहादुर रिजाल, किशोर सुवेदी, जगतबहादुर भट्टराई, भविन्द्र गुरुङ रहेका छन् । रेसिडेन्सीको निर्माण कार्य डेढ वर्ष अघिदेखि सुरु भएको थियो । नेपाली नयाँ वर्षको अवसर पारी यस वर्षको वैशाखबाट सेवा सुरु गर्ने योजना बनाइएको भए पनि कोरोना भाइरस (कोभिड–१९) र लकडाउनका कारण ढिला हुन पुगेको खड्काले बताए ।

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १८:५९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology