Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भोर्लेबाट दाहाखानी हुदै इच्छाकामनाको ऐतिहासीक पर्यटकिय स्थल उपरदाङ्गगढि जाने नयाँ सडक खुल्यो

भोर्लेबाट दाहाखानी हुदै इच्छाकामनाको ऐतिहासीक पर्यटकिय स्थल उपरदाङ्गगढि जाने नयाँ सडक खुल्यो

भोर्लेबाट दाहाखानी हुदै इच्छाकामनाको ऐतिहासीक पर्यटकिय स्थल उपरदाङ्गगढि जाने नयाँ सडक खुल्यो
images

उपरदाङ्गगढी, १६ पुस । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ मा रहेको ऐतिहासिक पर्यटकिय स्थल उपरदाङ्गगढि जानका लागि नयाँ सडक खुलेको छ। उक्त नयाँ सडक खुलेसँगै अब मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढि जान सकिने भएको छ। 
भोर्लेबाट चौकीडाडाँ दाहाखानी सानो भोर्ले कापे हुदै उपरदाङ्गगढि पुग्न सकिने उक्त सडकको नयाँ ट्रयाक बुधबार १ बजे जोडिएको हो। उक्त नयाँ सडकको ट्रयाक जोडिएसँगै आज इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष बम बहादुर रानाले एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ। 
उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आफ्नो गाउँपालिका भौगोलिक हिसाबले निकै कठिन भएपनि गाउँपालिका भित्रका सबैजसो गाउँहरु सडक सञ्जालले जोडिसकिएको बताउनुभयो। सम्बोन्धन कै क्रममा उहाँले ऐतिहासिक पर्यटकिय स्थलको रुपमा परिचित उपरदाङ्गगढी आउनकै लागि अब टाँडि हुदै शक्तिखोरबाट मात्र आउनु पर्ने बाध्यता हटेको बताउनुभयो। यस्तै नयाँ ट्रयाक बाटोले स्थानीय नागरिकको दैनिक जीवनयापनमा हुने कठिनाईलाई पनि सजिलो बनाउदै लैजाने उहाँले बताउनुभयो।

images
images

IMG_9071.jpg
यसैगरी सडक उद्घाटन कार्यक्रममा बोल्दै आफ्नो वडामा सडक सञ्जालले छुन बाँकी कुनैपनि गाउँ नरहेको इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बम बहादुर राना मगरले बताउनुभयो। ‘मेरो वडामा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँहरु छैनन्, यसैले अब सडक स्तरोन्नती र कालोपत्रे गर्न तिर ध्यान लगाउनेछौ’ –उहाँले भन्नुभयो। यतिमात्र नभै खाने पानी र विद्युतीकरण गर्न बाँकी रहेका गाउँहरुमा सडक सञ्जालले छोएसँगै सो कामको लागि समेत ध्यान दिईने उहाँले बताउनुभयो। 
भोर्ले देखि दाहाखानी हुदै उपरदाङ्गगढिसम्म करिब ३६ किलोमिटर लम्बाई रहेको उक्त सडकको इच्छाकामना गाउँपालिकाखण्डकमा पर्ने दाहाखानी देखि उपरदाङ्गगढिसम्म करिब १२ किलोमिटर सडक गाउँपालिका र बागमति प्रदेश सरकारको सवा १ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो। जसमा इच्छाकामना गाउँपालिकाले ३ आर्थिक वर्षमा ७३ लाख रुपैयाँ बागमति प्रदेश सरकारले ३८ लाख रुपैयाँ बजेट लगानी गरेको दाहाखानी उपरदाङ्गगढि मोटरमार्ग निर्माण उपभोक्ता समितिका सचिव विर्ष गुरुङले जानकारी दिनुभयो।
यस्तै सडक सञ्चालनका लागि गाउँपालिकाका पदाधिकारीले खेलेको भुमिका प्रति नेपाली कांग्रेस इच्छाकामना वडा नं. ७ का सभापति मान बहादुर गुरुङले जनप्रतिनिधीको खुलेर प्रशंसा गर्नुभएको थियो। गाउँमा सडक पुगेकोमा सालठाना, सानो भोर्ले, कापे लगायतका स्थानीय समेत खुशी देखिन्थे।

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - २०:३०:३४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology