Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तिहारको भाइमसला: कुन खानेकुरामा के पाइन्छ? के-के छन् फाइदा?

तिहारको भाइमसला: कुन खानेकुरामा के पाइन्छ? के-के छन् फाइदा?

इच्छाकामना न्युज

१०, कार्तिक २०७९
तिहारको भाइमसला: कुन खानेकुरामा के पाइन्छ? के-के छन् फाइदा?

तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि उपहार स्वरुप भाइमसला दिने चलन छ। भाइमसलाको रुपमा ड्राई फ्रुट्सको प्रयोग हुन्छ। यसमा काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडालगायत मसलाहरु प्रयोग गरिन्छन्।

images

यस्ता मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी हुन्छन्। हामीले अन्य खानाबाट प्राप्त गर्न नसकेका भिटामिनहरू यस्ता चिजबाट थोरै खाएर पनि धेरै प्राप्त गर्न सक्छौं। यसमा प्रोटिन भिटामिन, आइरन जस्ता विभिन्न पौष्टिक तत्व पाइने हुँदा दैनिक रुपमा पनि खान सकिन्छ।

काजु, पेस्ता, बदाम, ओखर र किसमिस जे खाए पनि मिलाएर खानुपर्छ। भाइमसलामा आउने सबै चिज राम्रो छ, फलदायी छ भनेर एकैदिन धेरै खानु भने हुँदैन। सुकेको मरमसला भनेको अलिक गहकिलो मसला हो। यसले कसैको पेट खराब पनि हुन सक्छ, बान्ता पनि हुन सक्छ। त्यसकारण ठिक्क खानुपर्छ।

डाक्टरले चिल्लो खान बर्जित गरेका बिरामी, प्रोटिन नपच्ने बिरामी, मिर्गौलाका बिरामीहरुले मुखको तलतल मेटाउन एक या दुई दाना मात्रै ड्राई फ्रुट्स खाएको राम्रो हुन्छ। यस्ता चिजहरू पाएपछि एकैपटक खानु हुँदैन। त्यसकारण यसलाई बिर्को लाग्ने सिसीमा राखेर सधैँ अड्कल गरेर खान सक्यौं भने राम्रो हुन्छ।

यस्ता ड्राई फ्रुट्सको चर्चा गरौं :
ओखर

ओखर भाइमसलाको मुख्य चिज हो। यसमा विभिन्न किसिमका भिटामिन मिनरल्स पनि पाइन्छ। ओखरको खानाले व्यक्तिको दिमाग तेज चल्न मद्दत हुन्छ। कब्जियतको समस्यामा यसको प्रभावकारी भूमिका खेल्छ। ओखरमा एन्टिअक्सिडेन्ट हुन्छ। यसमा भएको चिल्लो पनि राम्रो खालको चिल्लो हो। यसले छालासम्बन्धी समस्याबाट छुटकारा पाउन समेत मद्दत पुर्‍याउँछ।  

काजु
काजु पनि चिल्लो पदार्थ भएको चिज हो। काजुको चिल्लो बढी भयो भने स्वास्थ्यलाई खराब गर्न सक्छ। स्वस्थ मानिसलाई पनि काजु धेरै भयो भने नपच्ने हुन्छ। नेपालीले ड्राई फ्रुट्समा पनि धेरै काजु खाने गर्छन्। तर खासमा काजु बढी खानु हुँदैन। यसमा भिटामिन ई, कार्बोहाइड्रेड, प्रोटिन, आइरन लगायत तत्व पाइन्छ। यसमा पाइने तत्वले मुटुलाई समेत स्वस्थ्य बनाउन मद्दत पुर्‍याउँछ। 

हाडे बदाम
भाइमसलाको सामग्रीमा नेपाली बदाम भन्दा बढी हाडे बदामको प्रयोग हुन्छ। हाडे बदाम मुटुका रोगीहरुको लागि निकै राम्रो हुन्छ। यो बदामबाट हामीले फाइबर, प्रोटिन, भिटामिन ‘ई’ पाउन सकिन्छ। हाडे बदामले हाम्रो स्मरणशक्ति बढाउन पनि सहयोग पुर्‍याउँछ। साथै, शरीरमा रक्तकोष तथा हेमोग्लोबिनको विकासमा पनि सहयोग पुर्‍याउँछ। 

किसमिस
अन्य खानेकुरामा जस्तै किसमिसमा पनि विभिन्न किसिमको पौष्टिक तत्व पाइन्छ। यसबाट राम्रो मात्रामा आइरन प्राप्त गर्न सकिन्छ। साथै, यसमा पोटासियम, सोडियम, प्रोटिन, भिटामिन ‘सी’ लगाएतका पौष्टिक तत्व पाइन्छ। यो पनि स्वास्थ्यको लागि निकै राम्रो चिज हो। किसमिसले रक्तअल्पता तथा कब्जियत हटाउन मद्दत पुर्‍याउँछ।

पेस्ता
पेस्तामा पनि प्रोटिन, भिटामिन र चिल्लो हुन्छ। यो अलिक धेरै खाँदा अपच हुने डर हुन्छ। यसमा पाइने अन्य म्याग्नेसियम, कपर, फस्फोरस र भिटामिन बी जस्ता तत्वले शरीरलाई फाइदा पुर्‍याउँछ। पेस्ताले मानिसलाई मुटुसँग सम्बन्धित रोगहरुबाट बचाउँछ। साथै, छालाको क्यान्सर जोखिम कम गराउने र सन्तुलित रक्त संचालनमा समेत सहयोग गर्छ।

नारिवल
यसमा केही मात्रामा कोलेस्ट्रोल पनि हुन्छ। चिल्लो पदार्थ आउने सबै ड्राई फ्रुट्सहरुमा भिटामिन ई पाइन्छ। तर नरिवलमा कोलेस्ट्रोल पाइने हुँदा यसलाई अलिक ध्यान दिएर खानुपर्छ। नरिवलले पिसाब सम्बन्धी समस्या र खाना नपच्ने समस्या समाधानमा ठूलो भूमिका खेल्छ।

छोकडा
छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायतका तत्वहरु पाइन्छ। छोकडाको खानाले पेटसम्बन्धी समस्या कम हुन्छ। साथै, शरीरमा रगतको मात्रा बढाउँछ। 

(पोषणविद् ठकुराठीसँग अन्शु खनालले गरेको कुराकानीमा आधारित) स्वास्थ्यखबरबाट

images
प्रकाशित मिति :कार्तिक १०, २०७९ बिहिवार - ०८:२२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology