Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सामाजिक सञ्जालबाट सङ्गठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने 

सामाजिक सञ्जालबाट सङ्गठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने 

इच्छाकामना न्युज

१२, कार्तिक २०७९
सामाजिक सञ्जालबाट सङ्गठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने 
images

काठमाण्डौ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालबाट सङ्गठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने बताएको छ । आयोगले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा भइरहेको गतिविधिको अनुगमन गरिरहेको बताएको हो ।

images
images

आयोगले सर्वसाधारण मतदाताले आफ्ना सामाजिक सञ्जालबाट दल र उम्मेदवारका पक्ष वाविपक्षमा अभिव्यक्ति दिन पाउने तर सङ्गठित रुपमा दुष्प्रचार गर्न नपाइने स्पष्ट पारेको छ । सङ्गठित रूपबाट सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्ताबाट फेसबुक पेज र गु्रपहरूबाट दल तथा उम्मेदवारहरूका विषयमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति श्रव्यदृश्य सामग्री प्रकाशन गर्नु अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार आयोगले पहिचान नखुलेका निहित राजनीतिक उद्देश्यबाट प्रेरित भई निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने पेजहरू सञ्चालन नगर्न तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा ध्यान दिन भनेको हो ।

आयोगले सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्साहन गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न खोजिएको स्पष्टीकरण दिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०८:५६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology