घैरुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु समग्र गोरखाको समृद्धिको सपना बोकेर गोरखा आएको बताउनुभएको छ । आज गोरखा क्षेत्र नम्बर १ अन्तरगत शहिद लखन गाउँपालिका ६ स्थित घैरुङमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफुका लागि क्षेत्र १ र २ कानुनी बाहेक अरु त्याती ब्यावहारिक अर्थ नराख्ने भन्दै आफुले समग्र गोरखाकोे विकास निर्माण र समृद्धिको सपना बोकेर आएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मेरो लागि क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ भन्ने कुराले कानुनी बाहेक ब्यावाहारिक अर्थ राख्दैन म गोरखा आएको छु मुख्य कुरा त्यो हो , क्षेत्र नम्बर १ बाट सिफारिस भएपनि पार्टीले क्षेत्र नम्बर २ मा पारेको छ । तर मैले गर्ने काम गोरखाको जनताको लागि यहाँको विकास निर्माणका लागि यहाँको समृद्धिका लागि यही सपना बोकेर आएको छु । ’
साथै अध्यक्ष प्रचण्डले मंसिर ४ गते ठूलो जनमत संग्रह जस्तै हुने बताउनुभयो । यो समान्य र औपचारिक चुनाव जस्तो मात्र नरहेको उहाँको भनाई छ । केपी ओलीले संविधान मिचेर पटक–पटक संसद विघटन गर्ने र राष्ट्रपतिले राती २ बजे विघटनलाई सदर गर्ने जस्ता असवैधानिक, अलोकतान्त्रिक निरकुंश काम गरेपछि नागरिक समाज, पत्रकार न्याय क्षेत्रका वकिल न्याधिसहरु सबैसंग सहकार्य गरेर एउटा बृहतर आन्दोलन खडा गर्न परेको बताउदैँ अध्यक्ष प्रचण्डले अहिले सोही क्रममा गठबन्धन बनेको बताउनुभयो ।
यो संविधानको रक्षा राजनितिक स्थिरता र विकास निर्माण र समृद्धिको नयाँ यात्राको लागि गठबन्धन भएको उहाँको दाबी छ ।
गोरखा क्षेत्र नम्बर १ प्रतिनिधि सभामा गबन्धनबाट राजेन्द्र बजगाई, प्रदेश सभा क मा कृष्ण धिताल र ‘ख’ मा नन्दप्रसाद न्यौपाने उम्मेद्वार छन् ।