Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामनाको वर्लेङदेखि माथिल्लो काउलेसम्म पुग्ने नयाँ सडक खुल्यो, गाउँपालिका अध्यक्षद्वारा समुद्घाटन

इच्छाकामनाको वर्लेङदेखि माथिल्लो काउलेसम्म पुग्ने नयाँ सडक खुल्यो, गाउँपालिका अध्यक्षद्वारा समुद्घाटन

इच्छाकामना न्युज

१९, पौष २०७७
इच्छाकामनाको वर्लेङदेखि माथिल्लो काउलेसम्म पुग्ने नयाँ सडक खुल्यो, गाउँपालिका अध्यक्षद्वारा समुद्घाटन
images

वर्लेङ, १९ पुस । चितवनको इच्छाकमना २ स्थित काउलेबाट हपनी हुदैँ वर्लेङ सम्म नयाँ सडक खुलेको छ । उक्त सडकको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । सडकको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले यहाँको जनताहरुको सेवाका लागि आफु लगायत जनप्रतिनिधिहरु लागी परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ सबैको प्रयासले आज यहाँको बासिन्दाले भोक्नुपरेको एउटा समस्याको सामाधान भएको छ, हामी यहाँको बासिन्दाहरुको सेवाका लागि निरन्तर लागीपरेका छौँ, यस वडाको टोलटोलमा सडक पु¥याउने काममा दिनरात नभनी लागीपरेका छौँ ।” साथै उहाँले यहाँको स्थानीयको आयआर्जनका लागि उन्नत जातको विउविजन वितरण गरिएको समेत बताउनुभयो ।IMG_20210103_230514.jpg यहाँको विजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । वडाध्यक्ष पञ्च बहादुर चेपाङले अब यहाँका जनताहरुले उत्पादन गरेको तरकारी बजार सम्म लैजान सहज हुने बताउनुभयो । वडा नम्बर २ को धेरै जसो टोलटोलमा सडक सञ्जाले जोडिसकेको उहाँले बताउनुभयो । FB_IMG_1609694476037.jpgयहाँ चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रमहरु ल्याउने बताउनुभयो । गाउँपालिकाको रु ८५ लाख र केन्द्र सरकारको रु १५ लाख गरि एक करोडको लागनीमा उक्त सडकको नयाँ ट्रयाक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले बताउनुभयो । उहाँले अहिले कालोपत्रका लागि काम भइरहेको शक्तिखोर – फिस्लिङ सडकखण्डमा यो सडक जोड्न आवश्यकता महशुस गरेर आफै इन्जिनियर सहित यहाँ आएर वर्लेङ–हपनी सडकको सर्भे गरिएको बताउनुभयो । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोर– फिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरि बाँकी सडकहरु निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।FB_IMG_1609694487938.jpg यो सडक निर्माण संगै माथिल्लो काउले,भोटे गाउँ हपनी लगायतका ११ वटा गाउँका बासिन्दाहरुलाई सहज भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा वडा सदस्य बुद्धिमान गुरुङ, टोल सुधार  समितिका अध्यक्ष पूर्ण बहादुर गुरुङ, मोटरबाटो समितिका सदस्यहरु लगायत स्थानीयहरु उपस्थिति रहेका थिए ।IMG_20210103_230939.jpg

images
images

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - २३:१३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology