Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राजनिति

तनहुँमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो

तनहुँमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो

इच्छाकामना न्युज

११, मंसिर २०७९
तनहुँमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो

तनहुँ । तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको  हो ।

images

तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी केन्द्र)ले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ ।

तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । एमालेले १६ हजार छ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार सात सय ३९, माओवादी केन्द्रले सात हजार तीन सय १०, राप्रपाले तीन हजार पाँच सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले चार सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले)ले दुई सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ । 

तनहुँ–२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । एमालेले २२ हजार आठ सय चार, कांग्रेसले २२ हजार दुई सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार एक सय २९, माओवादी केन्द्रले पाँच हजार दुई सय ४७, राप्रपाले एक हजार सात सय ३४, मङ्गोल नेशनल अर्गनाइजेशनले छ सय २५, एकीकृत समाजवादीले चार सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीले चार सय २९, हाम्रो नेपाली पार्टीले चार सय १७, नेकपा मालेले एक सय ३४, जनता समाजवादी पार्टीले एक सय एक, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ । 

कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ । त्यस्तै तनहुँ–१ (१) र तनहुँ–२ (२)को प्रदेशसभामा विजय हासिल गरेको छ । एमालेले तनहुँ–२ (१) र माओवादी केन्द्रले तनहुँ–१ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ । 

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:३७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology