Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

निर्वाचन आयोगले सित्तैका गाडी तजविजमा वितरण

निर्वाचन आयोगले सित्तैका गाडी तजविजमा वितरण

पत्रपत्रिका

१६, मंसिर २०७९
निर्वाचन आयोगले सित्तैका गाडी तजविजमा वितरण
images

काठमाण्डौ । निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ । निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका साथै आयोगकै पदाधिकारीनिकट व्यक्तिलाई कोसेलीस्वरूप उपलब्ध गराइएको छ ।

images
images

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको अनुरोधमा भारतीय दूतावासमार्फत प्राप्त गाडी काठमाडौंबाहिरका निर्वाचन कार्यालयसम्म पुऱ्याइएको छैन । विगतदेखि नै निर्वाचनका बेला सित्तैमा पाएका गाडी आयोगका पदाधिकारीको तजबिजमा विभिन्न कार्यालय र हाकिमलाई कोसेलीका रूपमा बाँड्ने गरिएको हो ।

आयोगले सरकारी मिडियालाई रिझाउन पनि गाडी उपहार पठाउन लागेको बताइएको छ । भारतीय दूतावासबाट प्राप्त गाडीमध्ये आयोगले एउटा गोरखापत्र संस्थान र एउटा राष्ट्रिय समाचार समिति (रासस) लाई उपलब्ध गराउन लागेको बुझिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - ०८:४४:५० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology