काठमाण्डौं, २२ पौष ।
बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट (बी ११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।
कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विशवविद्यालयको प्रयोगशालामा नमुना पुर्याइसक्ने योजना बनाएको छ ।हङकङ पठाउन लागिएको नमुनाको केही भाग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पनि परीक्षण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिएपनि तीनजनामा मात्र एसजिन नेगेटिभ देखिएको हो ।
स्रोतः कान्तिपुर दैनिक