Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी अस्पताल

आँबुखैरेनी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर संचालन, ३५७ जनाले गरे स्वास्थ्य परीक्षण

आँबुखैरेनी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर संचालन, ३५७ जनाले गरे स्वास्थ्य परीक्षण

इच्छाकामना न्युज

१७, मंसिर २०७९
आँबुखैरेनी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर संचालन, ३५७ जनाले गरे स्वास्थ्य परीक्षण

आँबुखैरेनी । आँबुखैरेनी गाँउपालिकामा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउपालिकाले संचालनमा ल्याएको आँबुखैरेनी अस्पतालमा भएको शिविरमा ३ सय ५७ जनाले स्वास्थ्य परिक्षण गरेको आँबुखैरेनी गाँउपालिकाले जनाएको छ । शिविरमा भिडियो एक्सरे,इसिजि र ल्याव परीक्षण समेत भएको गाँउपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

images

aabu-hospital.jpg

शिविरमा दाँत र आखा बाहेक अन्य रोगहरुको परीक्षण गरेको अध्यक्ष चुमानले बताए । शिविरमा नाम दर्ता गरेलाई आइतबार समेत परिक्षण गरिने समेत पालिकाले जनाएको छ । नेपाल कलेजो कियर फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो ।

316114588_1417176595780922_2675292191811247207_n.jpg

शिविरमा आधा दर्जन भन्दा बढी विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परिक्षण गरिएको आँबुखैरेनी अस्पताका प्रमुख डा.डि. बि क्षेत्रिले बताए । आँबुखैरेनी अस्पतालले आइतबारबाट नियमित सेवा दिन सुरु गरेको अस्पतालका जनस्वास्थ्य निरिक्षक मुकेश कुमार शाहले बताए । पालिकाले आगमी दिनहरुमा समेत शिविरहरुको निरन्तरता दिने प्रयोगशाला प्रमुख अमृत पण्डितले बताए ।

318154912_1417176462447602_5170037713573184091_n.jpg

317556369_1417176485780933_2584168201525337696_n.jpg

317568528_1417176415780940_2968068859905253267_n.jpg

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २१:३१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology