Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मोटरसाइकल चोरीको आरोपमा चितवनबाट चार जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा चितवनबाट चार जना पक्राउ

जेशिका पुलामी

२२, पौष २०७७
मोटरसाइकल चोरीको आरोपमा  चितवनबाट चार जना पक्राउ

चितवन, २२ पौष । 
मोटरसाइकल चोरिमा संलग्न चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।
विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने क्रममा जिल्ला प्रहरी कार्यलय चितवनबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय चितवनले आज जानकारी दिएको छ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुर बस्ने वर्ष २१ का मेलोन सुनार, वडा नम्बर ११ गणेशस्थान बस्ने वर्ष १८ का शिव बिक, वडा नम्बर ८ गौरीगञ्ज बस्ने वर्ष २८ का सन्त कुमार गुरुङ र गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ८ पारसनगर जानकीटोल बस्ने वर्ष ३७ का नवराज श्रेष्ठ रहेका छन्।
गत पुष २० गते भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित अस्टभुजा पेट्रोलपम्प पछाडीबाट प्रदेश नम्बर २–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको २२० सि.सि को पल्सर सहित मेलोन सुनारलाई पक्राउ गरिएको पछि थप अनुसन्धानको क्रममा अन्य ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।
उनीहरुको साथबाट प्रदेश नम्बर २–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको २२० सि. सि को पल्सर, ना ५७ प को १५० सि.सिको पल्सर मोटरसाइकल, ना ४९ प ५०६५ नम्बरको  स्कुटर र प्रदेश नम्बर ३–०२–०१२ प ९९६४ नम्बरको २२० सि.सिको मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई चितवन जिल्ला अदालतबाट पुष २० गते बाट लागु हुने गरि ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

images

 

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - १०:३६:५८ बजे

जेशिका पुलामी

पत्रकार जेसिका पुलामी इच्छाकामना न्युजका सह–सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जमा समेत कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology