Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सामाजिक सञ्जाल

सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या बढ्दै तर सावधानी अपनाउनुपर्ने 

सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या बढ्दै तर सावधानी अपनाउनुपर्ने 

सिआईएन

२०, मंसिर २०७९
सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या बढ्दै तर सावधानी अपनाउनुपर्ने 
images

सजना तिमल्सिना, काठमाडौँ । इन्टरनेटको पहुँच बढेसँगै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या पनि बढ्दै गएको छ । साक्षर वा निरक्षर दुवै थरीका नागरिक समाजिक सञ्जालमा आकर्षित हुँदै गर्दा प्रहरीप्रशासनमा भने अनलाइनबाट हुने हिंसाका उजुरी तथा घटना बढेको छ ।

images
images

नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत साउनदेखि हालसम्म अनलाइनबाट हिंसा भएको भन्दै २ हजारभन्दा धेरै उजुरी परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एव सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार राय सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै विभिन्न किसीमका उजुरीहरू आउन थालेको बताउनुभयो।

एक महिनाअघि नेपालमा डिजिटल अधिकार सम्बन्धी काम गर्ने ‘बडी एन्ड डेटा’ संस्थाले गरेको अध्ययनमा सहभागी १ सय १६ जना मध्ये ८६ प्रतिशतले कुनै न कुनै प्रकारको अनलाइन हिंसा भोगेको बताएका थिए । अनलाइन र इन्टरनेटको प्रयोग आफैमा नराम्रो नभए पनि सहि तरिकाबाट यी दुवै माध्यमको प्रयोगको बारेमा सचेतना जगाउनुपर्ने एक जना अनुसन्धाता निलम शर्माले बताउनुभयो ।

इन्टरनेटको प्रयोगले मानिस एकै छिनमा संसार घुम्न सक्छ । तर इन्टरनेटको दुरुपयोग गर्ने व्यक्ति वा गिरोहबाट बच्नु अझ महत्वपूर्ण छ ।सही तरिकाले इन्टरनेटको प्रयोग नगरिँदा शारीरिक तथा मानसिक हिंसादेखि ठगीका घटना समेत बढेको विभिन्न अध्ययनले देखाउँछ । यसबाट बच्नका लागि आफन्त, चिनेजानेका साथीभाइसँग सावधान हुनुपर्ने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०९:१३:५८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology