Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पर्साका स्थानीय तहहरुमा रहेका विद्यालयमा दिवा खाजा कार्यक्रम रोकियो  

पर्साका स्थानीय तहहरुमा रहेका विद्यालयमा दिवा खाजा कार्यक्रम रोकियो  

सिआईएन

२२, पौष २०७७
पर्साका स्थानीय तहहरुमा रहेका विद्यालयमा दिवा खाजा कार्यक्रम रोकियो  

समिना रञ्जितकार, बिरगञ्ज, २२ पुस । पर्साका स्थानीय तहहरुमा रहेका विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम रोकिएको छ । संघीय सरकारले दिवा खाजाको रकम पालिकाहरुमा पठाइसकेको भएपनि विद्यालयमा भने दिवा खाजा कार्यक्रम रोकिएको छ ।  
दिवा खाजा कार्यक्रम बन्द हुदाँ बिद्यालय आउने बिद्यार्थीहरुको संख्यामा पनि कमि आएको छ ।  बिथार्थीहरुलाई बिद्यालय जान आकर्षित गर्न , विद्यालयमा टिकाउन र शैक्षिक स्तर उकास्नका लागि सरकारले बिद्यालय दिवा खाजा कार्यक्रम संचालनमा ल्याएको थियो । तर अहिले सो कार्यक्रम सञ्चालनमा नआउदाँ विद्यालय आउने बिद्यार्थीहरुको संख्यामा कमि गएको छ । 
पहिले बिद्यालयमा खाजा खान पाइने आसमा बालबालिकाहरु बिद्यालय आउने गरेको  भएपनि अहिले भने नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या घटेको शिक्षकहरु बताउँछन् ।  माध्यामिक  र उच्च माध्यामिकका साथै प्राथमिक र आधारभुत तहको कक्षा पनि पुसको पहिलो सातादेखी नियमित रुपमा संचालनमा आएको छ । लामो समयको अन्तरालमा बिद्यालय संचालनमा आएपनि विद्यालयमा विद्यार्थीहरुको उपस्थिति भने सन्तोषजनक छैन । विद्यालयमा खाजा दिन नसक्दा  साना कक्षाका बालबालिकाहरुलाई समय भन्दा अघिनै छुट्ठी दिनु पर्ने समस्या हुने गरेको नेपाल राष्ट्रिय माध्यमिक बिधालयका प्रधानाध्यापक मोहन दास थारुले बताउनुभयो ।  
सरकारले प्रारम्भिक देखि कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम संन्चालन गर्नको लागि सबै पालिकाहरुमा रकम पठाएको छ ।  तर पालिकाहरुले रकम विद्यालयमा नपठाएका कारण दिवा खाजा कार्यक्रम पुन सन्चालनमा आउन नसकेको हो । 
अब भने विद्यालयहरुबाट खाजाको माग बढ्न थालेकाले खाजाको व्यवस्था गर्ने बहुदरमाइ नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले बताउनुभयो । सरकारले साना बालबालिकाहरुलाइ विद्यालय र पढाइ प्रति आकर्षित गराउन दिवा खाजा कार्यक्रम लागू गरेको छ । विद्यालयमा विद्यार्थीले १५ रुपैंया बराबरको खाजा पाउने गरेका छन् ।

images

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - १८:५४:४५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology