Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

म्यानचेस्टर सिटी लिग कपको फाइनलमा 

म्यानचेस्टर सिटी लिग कपको फाइनलमा 

एजेन्सी

२३, पौष २०७७
म्यानचेस्टर सिटी लिग कपको फाइनलमा 
images

म्यानचेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ । गयराति म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले टोटेनह्यामसँगको उपाधि खेल सुनिश्चित गरेको हो । 
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल सिटीले दोस्रो हाफमा गरेको थियो । ५० औं मिनेटमा सिटीका लागि फिल फोडेनले गोल गर्दै अग्रता दिलाउनुभयो । खेलको ८३ औं मिनेटमा फर्नान्डिन्होले २० यार्डबाट आकर्षक भली प्रहार गोलमा परिणत भएपछि सिटीले अग्रता दोब्बर बनाउन सफल भयो । 
सोही अग्रता कायम राख्दै सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल बेम्ली रंगशालामा अप्रिल २५ तारिखमा हुने छ ।

images
images

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ०९:३८:०४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology