Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

स्वास्थ्य

चितवनको इच्छाकामना सहित तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिकामा पनि बन्ने भो १५ शैयाको अस्पताल

चितवनको इच्छाकामना सहित तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिकामा पनि बन्ने भो १५ शैयाको अस्पताल

फागुन मसान्तसम्ममा जग्गा व्यवस्थापन गरि पठाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

चितवनको इच्छाकामना सहित तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिकामा पनि बन्ने भो १५ शैयाको अस्पताल
images

मुग्लिन, २३ पुस । अस्पताल नभएको स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको निर्णय बमोजिम थप २ सय ५९ वटा स्थानीय तहमा भुगोल र जनसंख्याको अवस्था हेरी ५ देखि १५ बेडको अस्पताल निर्माण हुने भएको छ। जस अनुसार चितवनको इच्छाकामना गाउँपालिका, तनहुँको आँबुखैरेनी गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकामा पनि १५/१५ बेडको अस्पताल निर्माण हुने भएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्र अनुसार २०७७ मंसिर १२ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम अस्पताल नभएका २ सय ५९ वटा स्थानीय तहमा भुगोल र जनसंख्याको अवस्था हेरी ५ देखि १५ बेडको अस्पताल निर्माण गर्नका लागि जग्गा व्यवस्थापन गरि पठाउनुपर्ने उल्लेख गरिएको छ। परिपत्रमा उल्लेखित स्थानीय तहको सूची अनुसार फागुन मसान्तसम्म सूचिकृत स्थानीय तहले अस्पताल निर्माण गर्न जग्गा व्यवस्थापन गरि पठाइसक्नुपर्नेछ। 

images
images

suchi1 copy.jpgsuchi6 copy.jpg

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - १९:१०:५८ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology