Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको प्राधिकरणको दाबी 

विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको प्राधिकरणको दाबी 

इच्छाकामना न्युज

२३, पौष २०७७
विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको प्राधिकरणको दाबी 

काठमाण्डौ, २३ पुस । नेपाल विद्युत प्राधिकरणले विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको बताएको छ। उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा बितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट ट्रिपिङ समया कम भएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणको तथ्याङ्क अनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा  ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ। काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घन्टा विद्युत अवरोध भएको छ। गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घन्टा विद्युत आपूर्ति बन्द भएको थियो । 
प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषितरअघोषित रूपमा विद्युत विद्युत कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सर्फमर सार्नु पर्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने बताउनुभयो । 

images

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - २०:०३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology