अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई आगामी जेनेवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ ।
संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोलर मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन् । संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो ।
इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोलर मत प्राप्त गरेको घोषणा गर्नुभएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोलर मत आवश्यक हुन्छ।