Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

३६ वर्षमा ४४ सन्तान जन्माउने आमा

३६ वर्षमा ४४ सन्तान जन्माउने आमा

एजेन्सी

२१, पौष २०७९
३६ वर्षमा ४४ सन्तान जन्माउने आमा
images

काठमाडौँ । एउटी आमाले कतिवटा बच्चा जन्माउलिन्, पाँच, १० वा १५ ? युगाण्डाकी एक महिलाले ४४ बच्चालाई जन्म दिएकी छिन्।

images
images

मरियम नाबातन्जी नामकी महिलाले ३६ वर्ष पुग्दा ४४ बच्चा जन्माएकी हुन्। ती मध्ये ३८ जना जीवित छन्। ६ जनाले भने कुपोषण र मलेरियाका कारण ज्यान गुमाएका छन्।

हाल उनी ४१ वर्षकी भइन्। १२ वर्षको उमेरमा विवाह गरेकी उनले १३ वर्ष छँदा पहिलो बच्चा जन्माएकी थिइन्। विवाहलगत्तै उनी गर्भवती भइन् र त्यसपछि नियमित रूपमा सन्तान जन्माइरहिन्।

गृहयुद्धका कारण ज्यान जोगाउन १२ वर्षको उमेरमा ४० वर्षको अधबैँसेसँग विवाह गरेकी उनले २३ वर्षमा उनले यो संख्यामा सन्तान जन्माएकी हुन्।

उनका ती सन्तानमध्ये धेरै जुम्ल्याहा हुन्। उनले ६ पटक जुम्ल्याहा, चारपटक तिम्ल्याहा तथा तीनपटक चम्ल्याहा जन्माएकी छिन्। उनको पहिलो छोरा २५ वर्ष पुगेका छन्। भने पछिल्लो पटक जन्मेका सन्तानको उमेर भने पाँच वर्ष पुगेका छन्।

सानो घरमा उनीहरू एउटै कोठामा १५ जनासम्म बस्ने गरेका छन्।

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १०:११:१२ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology