Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तातोपानी नाका तीन वर्षदेखि ठप्प 

तातोपानी नाका तीन वर्षदेखि ठप्प 

इच्छाकामना न्युज

२१, पौष २०७९
तातोपानी नाका तीन वर्षदेखि ठप्प 
images

दिपक खत्री, सिन्धुपाल्चोक । व्यावसायिक हिसाबले सबैभन्दा महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन ।नयाँ सरकार गठनसँगै चीनले तीन वर्षदेखि बन्द रहेको रसुवागढी र हुम्लाको यारी नाका खोले पनि सिन्धुपाल्चोकको तातोपानी नाका अझै नखुलाएको हो ।

images
images

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट निर्यात ठप्प भएको सात वर्ष पुगेको छ । मितेरी पुलदेखि चीन–नेपाल दुवै तर्फको करिब ५ किलोमिटर क्षेत्र अहिले सुनसान छ ।  यो नाकाबाट दैनिक तीनवटा कन्टेनर मात्रै भित्रिने गरेका छन् । राजधानी काठमाडौँबाट चीनको व्यापारिक बजार खासा १ सय २४ किलोमिटरको दुरीमा छ । तर चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिनसम्म लाग्छ ।

केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा टुटफुट भएर घाटा हुने भएकाले नेपाली व्यापारी तातोपानी नाकाबाटै सामान ल्याउन चाहन्छन् । तर, यसमा चिनियाँ पक्ष अनुदार देखिएको नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो । तिब्बतमा कोरोना महामारीविरुद्ध लगाइएको निषेधाज्ञा अझै जारी छ ।

बेइजिङको शून्य कोभिड नीतिका कारण चीनमै थन्किएका व्यापारिक सामग्री ल्याउन ढिलाइ भएपछि अधिकांश नेपाली व्यापारी पेसाबाटै पलायन भएका छन् । भूकम्प, भोटेकोसीको बाढी, वर्षा र सुक्खा पहिरोसहित हिमपात, कोरोना सङ्क्रमण जस्ता अनेक कारण देखाएर नेपाललाई अप्ठेरो परेकै बेला चिनियाँ नाका बन्द भएपछि नेपाली व्यापारीले कठिनाइ बेहोर्नुपरेको छ ।

भूकम्पपछिको पुनर्निर्माण भइसकेको र सुख्खा बन्दरगाह पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो खुलाउन नेपाल सरकारले समेत पहल नगरेको व्यवसायीको गुनासो छ । 

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १०:२१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology