काठमाडौं । उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पीडितसँग सम्पर्क नगर्न आदेश दिएको छ। १७ वर्षीया बलात्कार पीडित नाबालिगलाई सम्पर्क नगर्न अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइने कट्टेलले बताए।
बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। १७ वर्षीया नाबालिगमाथि बलात्कार आरोप लागेका उनलाई इजलासले उनलाई विदेश जानबाट रोक लगाएको छ। यस्तै, उनलाई काठमाडौं उपत्यका पनि नछाड्न भनेको छ।
यसैबिच क्रिकेटर सन्दीप लामिछाने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि शुक्रबार मात्र थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन बिहिबार ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।