Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना गाउँपालिकाले निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने 

इच्छाकामना गाउँपालिकाले निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने 

इच्छाकामना गाउँपालिकाले निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने 
images

सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका अत्यन्त निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सघसंस्थाहरुसँगको सहयोगमा गाउँपालिका भित्र रहेका आफैले घर निर्माण गर्न नसक्ने अत्यन्त निम्न वर्गीय परिवार पहिचान गरि उनीहरुको घर निर्माण गर्ने तयारी थालेको हो ।

images
images

IMG_6826.jpg

यसका लागि शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र उपाध्यक्ष माया सिलवाल सहितको एक टोली इच्छाकामना गाउँपालिका ७ ढाँडबारीमा पुगी अवलोकन गरेको थियो । उक्त गाउँका निम्न वर्गीय परिवारको घर निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले तत्काल घर निर्माणका लागि सामाग्रीहरु उपलब्ध गराउने उनीहरु समक्ष प्रतिबद्धता गरे । अध्यक्ष गुरुङले घर निर्माणको लागि आवश्यक सामाग्री गाउँपालिकाले उपलब्ध गराईदिने वाचा गर्दै उनीहरुलाई श्रमदान गर्न अनुरोध गरे । ‘गाउँपालिकाले सामान दिन्छ, श्रमदान चाहि तपाईहरुले गर्नुपर्छ’ –उनले भने।

IMG_6824.jpg

यसैगरी केही घरहरु भने नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार इच्छाकामना गाउँपालिकाले वडा नं. ७ मा नमुना बस्ती निर्माणको काम गरिरहेको छ । यस आवमा मात्रै नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाले १९ वटा घर निर्माण गर्नेछ ।

IMG_6850.jpg

IMG_6852.jpgIMG_6844.jpg

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - ०९:५२:२५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology