Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

हिउँदे वर्षा नहुँदा किसान चिन्तामा 

हिउँदे वर्षा नहुँदा किसान चिन्तामा 

सिआईएन

१४, माघ २०७९
हिउँदे वर्षा नहुँदा किसान चिन्तामा 
images

सजना तिमल्सिना, काठमाडौँ । हिउँदमा पर्याप्त पानी नपर्दा किसानलाई चिन्ता थपिएको छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब ६० प्रतिशत नागरिक कृषिमा निर्भर रहेका छन् । तर उनिहरूलाई सिँचाईको पर्याप्त व्यवस्था भने हुन सकेको छैन । जसका कारण किसानले सिँचाईका लागि आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यता छ ।

images
images

केहीदिनअघी पश्चिम नेपालका केही क्षेत्रमा सामान्य वर्षा भएपनि अरु स्थानमा यसवर्ष अहिलेसम्म हिउँदे वर्षा भएको छैन । पानी नपर्दा अलैँची, अम्रिसो लगायतमा राम्रोसँग फूल फुल्न नपाएको पाँचथरका किसान प्रेमकुमारी दाहाले बताउनुभयो । पानी नपरेका कारण ललितपुर चाँगाथलीका किसान नन्दकृष्ण भट्टराई पनि गहुँ छर्न पाउनुभएको छैन ।

सरकारी तथ्याङ्क अनुसार  झन्डै साढे २६ लाख हेक्टर जमिन खेतीयोग्य रहेको नेपालमा १७ लाख ६६ हजार हेक्टर सिंचाईयोग्य जमिन छ । सरकारको पहलमा सिँचाइ सुरु भएको ९६ वर्षमा १० लाख हेक्टर जमिनमा मात्रै सिंचाई पुगेको छ । करिब ८ लाख हेक्टर जमिन आकाशे पानीकै भरमा छ ।

यसपटक आकाशे पानी नपर्दा बाली लगाउन ढिलाइ मात्रै होइन पानीका स्रोत पनि सुक्न थालेका छन् । जसका कारण बाली लगाउन नपाउने र लगाएको बाली समेत सुक्ने चिन्ता थपिएको छ । 

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०९:३३:४१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology