गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले अन्तर विद्यालय स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । आज गाउँपालिकाको अध्यक्ष दिपक तिमिल्सिना साकार को अध्यक्षता तथा गण्डकी प्रदेश सभा सभामुख माननीय श्री कृष्ण धितालज्यू को प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा शिक्षा समन्वय इकाइ गोरखाका प्रमुख सुबाश आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम गण्डकी गाउँपालिकाको वडा न ५ मा अवस्थित रत्नेश्वर माबिमा उद्घाटन भएको छ ।

गण्डकी गाउँपालिका भित्रको १० वडा माध्यामिक विद्यालयहरुको सहभागिता रहने उत्त प्रतियोगिता माघ १६ गत्ते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभिन्न विधाका खेलहरु समावेश गरिएको छ ।