Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सौतेनी आमाको कुटपिटबाट तीन वर्षीय बालकको मृत्यु

सौतेनी आमाको कुटपिटबाट तीन वर्षीय बालकको मृत्यु

इच्छाकामना न्युज

१७, माघ २०७९
सौतेनी आमाको कुटपिटबाट तीन वर्षीय बालकको मृत्यु
images

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१, टकुचामा कुटपिटबाट एक बालकको मृत्यु भएको छ । बनेपा नगरपालिका-१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गर्दा तीन वर्षीय बालकको मृत्यु भएको हो ।

images
images

दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला सौतेनी आमा हुन् । तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - ०८:१९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology