सुत्दा गहिरो निद्रामा सपना देख्नु सामान्य कुरा हो । कसैको सपना राम्रो हुन्छ, कसैको नराम्रो सपना हुन्छ । सपना शास्त्रले भनेको छ कि तपाईंले सपनामा जे देख्नुहुन्छ त्यसको तपाईंको वास्तविक जीवनसँग कुनै न कुनै सम्बन्ध हुन्छ ।
स्वप्न शास्त्रमा यो विश्वास समेत छ कि सपनाले हामीलाई भविष्यको झलक दिन्छ । स्वप्न शास्त्रका अनुसार सपनाले मानिसलाई आउने समयको बारेमा जानकारी दिन्छ ।
स्वप्नशास्त्रका अनुसार सपनामा कतैबाट पैसा पाउनुभयो वा कसैले पैसा वा नोट दिइरहेको देखियो भने यो तपाईंको लागि शुभ संकेत हो । यो विश्वास गरिन्छ कि यस प्रकारको सपनाले भविष्यमा मौद्रिक लाभ तर्फ संकेत गर्छ । साथै यो तपाईंको आर्थिक अवस्था राम्रो हुने संकेत पनि हो ।
सपनामा चिट्ठाबाट पैसा जित्नु
यदी कुनै व्यक्तिले चिट्ठा जित्ने सपना देख्छ, जसमा उसले धेरै पैसा जितेको छ भने यसले उसको केही अधुरा इच्छाहरु पूरा हुन लागेको संकेत गर्दछ ।
बाटोमा पैसा भेटाउनु
यदी तपाईंले पनि सपनामा पैसा बाटोमा भेटाएको देख्नुभयो भने यो सपना तपाईंको लागि सकारात्मक हुनेछ । यो सपनाको अर्थ तपाईंको आत्मविश्वास बढ्ने छ । जसका कारण भविष्यमा तपाईंको आर्थिक बाधा हट्नेछ र पैसा कमाउने नयाँ तरिकाहरु उपलब्ध हुनेछन् ।
सपनामा पैसा चोरी हुनु
स्वप्नशास्त्रका अनुसार सपनामा पैसा चोरी भयो भने वास्तविक जीवनमा धेरै सावधानी अपनाउनुपर्छ । यो सपनाको अर्थ हो कि तपाईंको पार्टनरले तपाईंलाई व्यवसाय वा कुनै परियोजनामा धोका दिँदैछ ।
सपनामा पैसा हराउनु
सपनामा पैसा गुमाउनु राम्रो सपना मानिँदैन । यो सपनाको अर्थ हो कि तपाईं लगातार आफ्नो आत्मविश्वास गुमाउँदै हुनुहुन्छ । यसबाहेक, यो सपनाको अर्को अर्थ पनि हुन सक्छ कि सामान्य जीवनमा पैसाको मामिलामा कसैले धोका दिन सक्छ ।