Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोग गरौँ : मन्त्री विक्रम पाण्डे

पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोग गरौँ : मन्त्री विक्रम पाण्डे

इच्छाकामना न्युज

२१, माघ २०७९
पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोग गरौँ : मन्त्री विक्रम पाण्डे
images

चितवन । सहरी विकास मन्त्री विक्रम पाण्डेले अब नेपालमा विद्युतीय सवारीसाधानको प्रयोग बढाउनुपर्ने बताएका छन्। दीगो गतिशिलताका लागि एकीकृत यातायात विषयक अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री पाण्डेले कार्वन उत्सर्जनमा कमी आउने खालका सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन्। 

images
images

मानवजगतको लागि यातायातका साधन अत्यन्तै अपरिहार्य वुस्तु भएकोले यसलाई पनि समयअनुसार प्रयोगमा परिमार्जन गराउँदै लैजानुपर्ने उनले बताए। नेपालको परिप्रेक्षमा करिब ९० प्रतिशत यातायात सडकमार्फत नै गर्नुपर्ने बाध्यता रहेको हुँदा सडक यातायातलाई ध्यानमा राख्दै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने मन्त्री पाण्डेको भनाइ छ। 

‘यातायात पूर्वाधार र सेवाको विकास गर्ने क्रममा यसको दीगोपना, वातावरणमा पर्ने प्रभाव न्यूनीकरण, समावेशिता, सुरक्षा, सर्वसुलभता र एकीकृत यातायात प्रणालीको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘यसका लागि विद्युतीय सवारीसाधनको प्रयोग, कार्बन उत्सर्जनमा कमी ल्याउने साधनको प्रयोगलगायतका विषयमा जोड दिनु आवश्यक छ।’ 

यसका लागि आवश्यक नीति सरकारले ल्याइसकेको बताउँदै मन्त्री पाण्डेले विज्ञहरूसँगको सल्लाह र सहोगमा तीनको प्रभावकारी कार्यान्वयन सम्भव रहेको बताए। नेपालमा हालसम्म विभिन्न स्तरका करिब एक लाख किलोमिटर सडक निर्माण भइसकेको उनले बताए। तर सहरी क्षेत्रमा बढ्दै गएको तीव्र जनघनत्व र सहरीकरणका कारण कार्यान्वयनमा भने उत्तिकै चुनौती रहेको मन्त्री पाण्डेको भनाइ छ। 

images
प्रकाशित मिति :माघ २१, २०७९ शनिवार - २१:२४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology