Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

६ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री प्रचण्ड

६ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री प्रचण्ड

इच्छाकामना न्युज

२४, माघ २०७९
६ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री प्रचण्ड
images

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वटा मन्त्रालय सम्हाल्नुभएको छ । अदालतको फैसलासँगै गृह मन्त्रालय सम्हाल्दै आउनुभएका प्रधानमन्त्रीले श्रम तथा रोजगार र शिक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको हो ।

images
images

सर्वोच्च अदालतले तत्कालिन गृहमन्त्री रवि लामिछानेको नागरिकता तत्काल कायम नगरहेको फैसला गरेसँगै गृह मन्त्रालय पनि सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयमा मन्त्री नै नियुक्त गर्नुभएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै सत्ता समिकरणमा चुनौती पनि थपिएको छ । खाली रहेका मन्त्रालयमा तत्कालै सत्ता गठबन्धन बाटै पूर्णता दिने वा सक्ताबाहिरका दललाई समेत सामेल गराउने भन्नेबारे टुंगो लागेको छैन ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुष १० मा सरकार बनेको थियो । सरकार गठन भएको डेढ महिना हुँदा पनि सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्रीले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगाएतलाइ सरकारमा सहभागि गराउने कोशिश पनि गरिरहनुभएको छ ।

आगामी फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा काँग्रेसले पनि उम्मेद्वारी दिने बताएपछि सत्ता गठबन्धनभित्र पनि खटपट होला कि भन्ने आशङ्का देखिएको छ । रास्वपा सरकारबाट बाहिरिनु, यसले सत्ता गठबन्धनमा असजिलो हुनु तथा पछिल्लो राजनितिक समिकरणले सरकारको भविष्यमा नै केही असर पर्न सक्ने आँकलन पनि गरिएको छ ।

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०९:०१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology