Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिद लखन गाउँपालिकामा अब ‘ख श्रेणी’को एम्बुलेन्स संचालन हुने

गोरखाको शहिद लखन गाउँपालिकामा अब ‘ख श्रेणी’को एम्बुलेन्स संचालन हुने

इच्छाकामना न्युज

२५, माघ २०७९
गोरखाको शहिद लखन गाउँपालिकामा अब ‘ख श्रेणी’को एम्बुलेन्स संचालन हुने

गोरखा । गोरखामा अब दुईवटा ‘ख श्रेणी’का एम्बुलेन्स चल्ने भएका छन् । नेपाल रेडक्रस सोसाइटीले मंगलबार रेडक्रसको गोरखा शाखालाई ‘ख’ बर्गको एम्बुलेन्स प्रदान गरेपछि अब ख श्रेणीका एम्बुलेन्स दुईवटा भएको हो ।

images

यसअघि चालु आर्थिकबर्षदेखि पालुङ्टार ६ गाईखुर स्वास्थ्यचौकीमा एक ख श्रेणीकै एम्बुलेन्स सञ्चालनमा छ ।
मंगलबार काठमाण्डौमा एक समारोहका बीच रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले गोरखा सहित ३० जिल्लालाई ख श्रेणीको एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

सोही क्रममा गोरखाले पनि ख बर्गको एम्बुलेन्स प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी गोरखाका कार्यालय प्रमुख सुवास घिमिरेले बताए । रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय समिति(आईएफआरसि) का महासचिव जगन चापागाइले नेपाल रेडक्रस सोसाइटी गोरखाको मनकामना उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरेको उनले बताए ।

सुविधा सम्पन्न एम्बुलेन्स निशुल्क प्राप्त भएको बताउदै अब जिल्लामा बिरामी बोक्न धेरै सहज हुने उनले बताए । शहिदलखन गाउँपालिका वडा नं २ र ३ मा रहेको रेडक्रसको मनकामना उपशाखाले सो एम्बुलेन्स संचालन गर्ने उनले बताए । तर एम्बुलेन्स भने जिल्लामा जुनसुकै स्थानमा पनि माग गरे अनुसार संचालन गर्न सकिने उनले बताए ।

यसमा स्वास्थ्यकर्मी, भेन्टिलेटर, ग्याँस सिलिण्डर, जिपिए सिस्टम, ओकेटोके भएको र हातधुने पानी सहितको व्यवस्था हुने उनले बताए । यसमा विरामी स्वास्थ्यकर्मीको प्रत्यक्ष हेरचाह हुनेछ । धेरै सुविधा भएसँगै भाडा दर पनि अन्यमा भन्दा महङ्गो हुने भएकाले विरामीको माग अनुसार संचालन गरिने उनको भनाइ छ ।

एम्बुलेन्स संचालनका लागि कागजातको सबै प्रक्रिया पूरा गरेर फागुन महिनाबाट संचालन गर्ने तयारीमा रहेको घिमिरेले बताए । एम्बुलेन्स सञ्चालनको अनुमति प्रमुख जिल्ला अधिकारी संयोजक प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय गोरखाका प्रमुख लगायतका व्यक्तिहरुसँगको छलफलपछि एम्बुलेन्स संचालन गरिने जनाएको छ ।

गोरखामा यसअघि पालुङ्टार नगरपालिका वडा नं ६ को गाईखुर स्वास्थ्य चौकीले मात्र ख बर्गको एम्बुलेन्स संचालन गर्दै आएको छ । जर्मन राजदुतावासबाट प्राप्त गरेको सो ख बर्गको एम्बुलेन्स यो वर्षबाट संचालन गर्ने अनुमति प्राप्त गरी सेवा सुरु गरेको स्वास्थ्य कार्यालय गोरखा सूचना अधिकारी नवराज खड्काले जानकारी दिए ।

मंगलबार मनकामना उपशाखाले ख बर्गको एम्बुलेन्स प्राप्त गरेता पनि संचालन अनुमति लिन भने बाँकी छ । दुवै संचालनमा भएमा जिल्लामा ख बर्गको एम्बुलेन्सको संख्या दुई वटा हुनेछ । सदरमुकाममा भने सबै ‘ग श्रेणी’का एम्बुलेन्स मात्र सञ्चालनमा छन् । कानूनी भाषामा ‘ग श्रेणी’को एम्बुलेन्सलाई एम्बुलेन्स नभनी बिरामी बोक्ने सवारी साधन मात्र भन्न पाइने व्यवस्था छ ।

आरुघाट गाउँपालिका ४ आरुआर्बाङबाट पनि ‘ख’ वर्गको एम्बुलेन्सका सञ्चालनका लागि गोरखाबाट सिफारिस भएको तर अहिलेसम्म संचालनमा नरहेको उनले बताए । जिल्ला स्तरीय एम्बुलेन्स समितिका संयोजक प्रजिअले एम्बुलेन्स संचालनका लागि प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिलाई सिफारिस गर्ने व्यवस्था रहेको छ ।

अहिले गोरखामा ग बर्गका ५९ वटा विरामी ओसार्ने सवारी साधन दर्ता स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७९ बुधवार - ०९:१५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology