भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विभिन्न कर्यक्रम आयोजना गर्ने भएको छ ।
दिवसको अवसरमा सहिद, बेपत्ता द्वन्द्व पीडित, संघसंस्थालाई जग्गा दान गर्ने व्यक्तित्वहरु, पूर्व जनप्रतिनिधि, गत बर्ष एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एक÷एक जना छात्रछात्रा तथा विषयगत शिक्षक, गत बर्ष गाउँपालिकाबाट लिएको आधरभूत तह (कक्षा १–८)मा उत्कृष्ट नतिजा ल्याउने एक–एक जना छात्रछात्रा, उत्कृष्ट नतिजा ल्याउने एक विद्यालय तथा विषयगत शिक्षक र तेश्रो रष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गरिने गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले बताए ।
साथै सो अवसरमा संघिय लोकतान्त्रितक गणतन्त्रात्मक राज्य स्थापनाका लागि जनयुद्ध र जनआन्दोलनको भूमिका विषयमा अन्तर मावि स्तरीय कविता प्रतियोगिता हुने गाउँपालिका अध्यक्ष सकारले बताए ।
अध्यक्ष साकारका अनुसार उप–प्रधामन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को प्रमुख आतिथ्यता तथा क्षेत्र नम्बर १ का संघिय सांसद रजेन्द्र बजगाँईको विशेष आतिथ्यतामा विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने भएको हो । गाउँपालिकाले जनयुद्धको दिन फागुन १ गते पालिकाभर सार्वजनिक विदा समेत दिने भएको छ।