Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अन्ततः ३ वर्षदेखि अलपत्र इच्छाकामना अस्पताल बन्ने भो, ठेक्का पक्रिया सुरु

अन्ततः ३ वर्षदेखि अलपत्र इच्छाकामना अस्पताल बन्ने भो, ठेक्का पक्रिया सुरु

चित्र बहादुर गुरुङ

३, फाल्गुण २०७९
अन्ततः ३ वर्षदेखि अलपत्र इच्छाकामना अस्पताल बन्ने भो, ठेक्का पक्रिया सुरु
images

कुरिनटार । निर्माण सुरु भएको झण्डै ३ वर्षदेखि अलपत्र अवस्थामा रहेको इच्छाकामना अस्पतालको काम बल्ल सुरु भएको छ । जग्गा प्राप्तिको प्रक्रिया पुरा नगरी निर्माण सुरु गर्दा बजेट अभाव हुन गै ३ वर्षदेखि अलपत्र बनेको चितवनको इच्छाकामना गाउँपालिकाले निर्माण गरिरहेको अस्पताल निर्माणको कामले बल्ल गति लिएको छ ।

images
images

गाउँपालिकाको १० करोड रुपैयाँ आन्तरिक लगानीमा २५ बेड निर्माण गर्ने गरी आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल निर्माणको काम सुरु गरिएको थियो । तात्कालिन समयमा तराई मधेश कार्यक्रम अन्तर्गत ५० लाख र गाउँपालिकाको २० लाख रुपैयाँमा सुरु भएको थियो । पछि संघिय सरकारले देशैभर एक स्थानीय तह एक आधारभुत अस्पताल बनाउने योजना गरेसँगै इच्छाकामना गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण गर्ने योजना प¥यो र सोही योजनालाई निर्माणधिन इच्छाकामना अस्पतालको योजनामा गाभियो । तर अस्पताल निर्माण गरिरहेको जग्गा अस्पतालको आफ्नो स्वामित्वमा नआएको भन्दै मन्त्रालयले बजेट दिन अस्वीकार गरेपछि रकम अभावकै कारण अस्पताल निर्माणको काम तीन वर्ष देखि अलपत्र बन्न पुगेको थियो ।

गाउँपालिकाले अस्पताल निर्माण गरिरहेको क्षेत्र वनको जग्गा पर्ने भन्दै जिल्ला वन कार्यालय चितवनले जग्गाको स्वामित्व दिन इन्कार गरेपछि विवादकै कारण लामो समयदेखि निर्माणको काम रोकियो । यद्यपी वैशाखमा दोस्रो संविधान सभा निर्वाचन भएसँगै नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि जग्गाप्राप्तिको लागि पुनः पहलकदमी सुरु भएको थियो । 

निर्वाचित जनप्रतिनिधि लगायत सबैको निरन्तर पहलकदमी र जिल्ला वन कार्यालय चितवनसँगको पटक–पटकको छलफल पश्चात अस्पतालको स्वामित्वमा जग्गा ल्याउन सफल भएर अस्पताल निर्माणको काम सुरु गर्न सकिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । 

‘वन क्षेत्र भनिएको कारण निर्माण थालिएको भवन पनि अलपत्र बसेको रहेछ, तर वन र नापीसँग कुरा गरेर समस्या समाधान भएपछि काम अघि बढ्यो’, अध्यक्ष गुरूङले भने, ‘काममा भएको प्रगतिको आधारमा संघीय सरकारले बजेट दिँदै जानेछ ।’

‘हामी निर्वाचित भएसँगै सुरुमै हामीले जसरी हुन्छ सबै नागरिकलाई स्वास्थ्यको पहुचमा कसरी पु¥याउने भन्ने सोचका साथ लागिपरेका थियौ, जसमा जिल्ला समन्वय, प्रदेश देखि केन्द, जिल्ला वन सबैसँग धाएर समन्वय गरेर जग्गा प्राप्तिको प्रक्रिया पुरा गराई अस्पतालको काम अगाडी बढाउन हामी सफल भएका छौ ।’ –उनले भने । 

1608220999-B4Jk9.jpg

निर्माण प्रक्रिया थालनीका लागि डिपिआर गर्ने निकायलाई झक्झक्याएको र बजेट तथा अन्य प्रशासनिक व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवसँग निरन्तर ताकेता गरेको उनले बताए । ‘स्वास्थ्य विभागले प्रगतिअनुसार बजेट दिनेछ, नपुगेमा पालिकाले पनि सहकार्य गर्न सक्छ, यसका लागि पनि आन्तरिक बजेट व्यवस्था छ’, अध्यक्ष गुरूङले भने ।

‘हामी निर्वाचित भएसँगै सुरुमै हामीले जसरी हुन्छ सबै नागरिकलाई स्वास्थ्यको पहुचमा कसरी पु¥याउने भन्ने सोचका साथ लागिपरेका थियौ, जसमा जिल्ला समन्वय, प्रदेश देखि केन्द, जिल्ला वन सबैसँग धाएर समन्वय गरेर जग्गा प्राप्तिको प्रक्रिया पुरा गराई अस्पतालको काम अगाडी बढाउन हामी सफल भएका छौ ।’ –उनले भने । 

पछिल्लो समय निर्माणधिन अस्पतालको लागि संघिय सरकारको स्वास्थ्य मन्त्रालयबाट बहुबर्षीय योजना अन्तर्गत यो वर्ष झण्डै १८ करोड रुपैयाँको बजेट आएको छ । सोही बजेट बराबर केहि दिन अघि गाउँपालिकाले अस्पताल निर्माणको लागि १८ करोड ७९ लाख २९ हजार १ सय ७७ रुयैयाँ ११ पैसा बोलपत्र (टेण्डर) समेत निकालेको छ । दुई महिना भित्र टेण्डर प्रक्रिया सकाएर सम्झौता गरी आगामी साढे २ देखि ३ वर्षमा निर्माणको सम्पूर्ण काम सम्पन्न गरी अस्पताल संचालनमा ल्याउने तयारी भैरहेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर कृष्ण उपाध्यायले जानकारी दिए । उनका अनुसार अस्पतालको भवन २ तलाको हुनेछ ।

भुइतलामा इमर्जेन्सी, प्रयोगशाला, ओपीडि, काउन्सेलिङ, एक्स–रे, जनरल क्लिनिक, आई क्लिनिक, दन्त क्लिनिक, प्रसुति गृह लगायतका कक्ष निर्माण हुनेछ भने पहिलो तल्लामा जनरल वार्ड, प्रशासनिक कक्ष, अब्जरबेसन वार्डहरु संचालन हुनेछ ।

अस्पताल निर्माण पश्चात संचालनमा आउन सके इच्छाकामनासहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई सेवा दिन सक्नेछ । यस्तै काठमाडौँ भित्रने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने देखिन्छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - १९:५९:०३ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology