Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

ठेक्का पारेर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा पार्दै इच्छाकामना

ठेक्का पारेर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा पार्दै इच्छाकामना

इच्छाकामना गाउँपालिकाको सिफारिशमा अहिलेसम्म ४ ठेकेदार कालोसूचीमा

चित्र बहादुर गुरुङ

९, फाल्गुण २०७९
ठेक्का पारेर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा पार्दै इच्छाकामना
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले ठेक्का पारेर पनि समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई धमाधाम कालो सूचीमा पार्न थालेको छ । करिब २ महिना अघि मात्रै ३ कम्पनीलाई कालोसूचीमा पारेको इच्छाकामनाले फेरी अर्को कम्पनीलाई कालोसूचीमा पारेको छ । 

images
images

गाउँपालिकाले भरतपुर ४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एण्ड माइन्ट क्राफ्ट प्रालिलाई कालोसूचीमा पारेको हो । उक्त कम्पनीले २०७८ असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी इच्छाकामना ३ को माझगाउँ बर्थिङ सेन्टर निर्माण गर्ने काम पाएको थियो । कम्पनीले निर्माण गर्ने अवधि सम्पन्न हुदाँसम्म पनि काम सुरु नै नगरेपछि कालोसूचीको लागि सिफारिश गरि पठाईएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर कृष्ण उपाध्यायले बताए । काम नगरी अलपत्र पार्ने अन्य कम्पनीलाई समेत कालोसूचीमा राख्ने तयारी भैरहेको उनले बताए ।

गाउँपालिकाले दिएको जानकारी अनुसार इच्छाकामनामा १ दर्जन भन्दा बढि योजनाका कामहरु ठेकेदारले समयमा निर्माण सम्पन्न नगर्दा अलपत्र परेको छ । ठेकेदारले विकाश निर्माणको काममा ढिलाई गरिदिदा गाउँपालिकाको विकाशमा असर पर्ने भएकोले बदमासी गर्ने ठेकेदार कम्पनीहरुलाई कारबाही स्वरुप कालोसूचीमा राख्न थालिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । ‘अब हामी कहाँ काम जिम्मा लिएर अलपत्र पार्ने कसैलाई पनि छुट छैन’ उनले भने ।

इच्छाकामना गाउँपालिकाको सिफारिशमा यहि पुस १३ गते मात्रै ३ वटा कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जसमा माधवबहादुर घिमिरे मुख्य व्यक्ति रहेको इच्छाकामना–४, कुरिनटारको श्री डिभी घिमिरे कन्ट्रक्सन, पुस्करप्रसाद गौतम मुख्य व्यक्ति रहेको भरतपुरको श्री अञ्जना निर्माण सेवा र प्रकाश कोइराला मुख्य व्यक्ति रहेको निलकण्ठ–८, धादिङको श्री जलेश्वर निर्माण सेवा रहेको छ । उनीहरु सबैलाई एक वर्षसम्म कुनैपनि सरकारी सार्वजनिक खरिदमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको हो । 

kalosuchi.jpg

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०९:५६:१८ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology