गोरखा । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउने भएका छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा आउन लागेका हुन्। दिलबहादुर रम्तेलको स्मृति सभा, सहिद परिवारलाई सम्मान लगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार पुग्ने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए। गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।