Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रदेश १ को सरकारबाट राप्रपा तत्काल नबाहिरिने

प्रदेश १ को सरकारबाट राप्रपा तत्काल नबाहिरिने

इच्छाकामना न्युज

१४, फाल्गुण २०७९
प्रदेश १ को सरकारबाट राप्रपा तत्काल नबाहिरिने
images

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने निर्णय गरेको छ । संघ र अन्य केही प्रदेशमा राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपनि प्रदेश १ को सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता नहुने निर्णय गरेको हो।

images
images

केन्द्रको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गर्ने राप्रपा नेताहरूले बताएका छन् ।

सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठकपनि बोलाएको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भक्तिप्रसाद सिटौलालाई राजीनामा नदिन भनेको स्रोतले बतायो । राप्रपाले प्रदेश १ मा कृषि तथा सहकारी मन्त्रालय पाएको छ । राप्रपाको प्रदेश १ मा ६ सीट रहेको छ । गत पुस २४ गते हिकमत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सीट रहेको छ । नेकपा माओवादी १३ सिट, राप्रपा ६ सिट रहेकोमा जसपा को१ सिट रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - १०:३६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology