Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अमेरिकाको तल्लो सदनबाट ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित

अमेरिकाको तल्लो सदनबाट ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित

एजेन्सी

१, माघ २०७७
अमेरिकाको तल्लो सदनबाट ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित
images

अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बन्नुभएको छ । उहाँ विरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।
गत बुधबार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उहाँ विरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको हो । महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ ।
तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सदस्य छन्। तर, ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभयो । 
यसअघि, तल्लो सदनले सन् २०१९ मा पनि ट्रम्प विरुद्धको महाभियोग पारित गरेको थियो। 

images
images

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:३४:२० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology