Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

साधना लघुवित्तले १८ प्रतिशत बोनश सेयर दिने

साधना लघुवित्तले १८ प्रतिशत बोनश सेयर दिने

पत्रपत्रिका

१, माघ २०७७
साधना लघुवित्तले १८ प्रतिशत बोनश सेयर दिने
images

गोरखा, १ माघ । साधना लघुबित्त बित्तीय संस्था लि. चौथो बार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७६/०७७ को नाफाबाट १८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि ०.९४७३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब सर्बसम्बत पारित गरेको छ ।

images
images

बित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले सर्बसाधरण समुहबाट पुष्पाकुमारी घिमिरे तथा दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्बाचित गरेको छ ।

साथै आर्थिक बर्ष २०७७/०७८ को बाह्य लेखा परिक्षण कार्यका लागि लेखापरिक्षक एसडी एण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताब समेत पारित गरेको छ साथै साधारण सभाले मर्जर÷प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।

बार्षिक साधारण सभालाई सम्बोध गर्नुहुदै बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण बित्तीय कार्यक्रम सञ्चालनमा असहज भएता पनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ठ प्रतिफल दिनको लागी पर्ने बताए । हाल बित्तीय संस्थाको ७० बटा शाखा कार्यालयहरुमार्फत करिब ६०,००० घरपरिवारलाई प्रत्यक्ष बित्तीय सेबाप्रबाह गरिरहेको छ ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:४७:२४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology