Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना गाउँपालिकाद्वारा गाउँपालिकाको ६ स्थानमा झोलुङ्गे पुल बनाउने तयारी

इच्छाकामना गाउँपालिकाद्वारा गाउँपालिकाको ६ स्थानमा झोलुङ्गे पुल बनाउने तयारी

चित्र बहादुर गुरुङ

२०, फाल्गुण २०७९
इच्छाकामना गाउँपालिकाद्वारा गाउँपालिकाको ६ स्थानमा झोलुङ्गे पुल बनाउने तयारी
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाको विभिन्न ६ स्थानमा झोलुङ्गे पुल बनाउने तयारी थालेको छ । पालिकाले अत्यावश्यक ठानी विभिन्न ६ स्थानमा झोलुङ्गे पुल बनाउन स्थानीय पूर्वाधार विभागमा माग पेश गरेको हो ।

images
images

पहाडी भुगोल र खोलानालाका कारण बर्षायाममा एक स्थानबाट अर्को स्थानमा जान कठिन हुने हुदाँ झालुङ्गे पुल निर्माणको लागि माग गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार वडा नं. ७ को दुई स्थानमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।

वडा नं–७ को थाङखोलाको पुतलीचोक र सिमलढाप खोलामा झोलुङ्गे पुलको प्रस्ताव गरिएको छ । सिमलढाप खोलामा पुल बन्दा सिमलढाप र बाघखोर भएर यात्रा गर्नेहरुका लागि बाटो सहज हुनेछ । थाङखोलाको पुतलीचोकमा बन्ने झोलुङ्गे पुलले भने गर्दास, झाङ्झुङ–सुन्दरबस्ती हुँदै भालुमारेका स्थानीयलाई यातायातमा सहज हुने देखिन्छ । 

यी दुवै स्थानमा झोलुङ्गे पुल निर्माण भए भरपुर या पदमपुर जता गए पनि सहज हुने अध्यक्ष गुरुङले बताए । 

यस्तै पालिकाको वडा नं. ६ जलविरे स्थित लामो झरनामा पनि झोलुङ्गे पुल निर्माण गरिनेछ । झरना अवलोकनका लागि आउने पर्यटकहरुलाई लक्षित गर्दै यहाँ झोलुङ्गे पुल निर्माण गर्न लागिएको उनले बताए । 

गाउँपालिकाले झोलुङ्गे पुल निर्माणका लागि माग गरिएको क्षेत्रहरुमा वडा नं. ५ को थाकलडाँडा–मुग्लिन गुम्बा, वडा नं. १ र २ को हात्तिवाङ–तोवाङ जोड्ने स्थान, वडा नं ३ र ४ को बुङ्गे डाँडा नयाबस्ती जोड्ने लगायत रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७९ शनिवार - २०:४६:५७ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology