Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

गाउँमै बस्न सक्ने वातावरण बनाउन सके मात्रै शिक्षाको विकास हुन्छ : गण्डकी सभामुख कृष्ण धिताल

गाउँमै बस्न सक्ने वातावरण बनाउन सके मात्रै शिक्षाको विकास हुन्छ : गण्डकी सभामुख कृष्ण धिताल

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७९
गाउँमै बस्न सक्ने वातावरण बनाउन सके मात्रै शिक्षाको विकास हुन्छ : गण्डकी सभामुख कृष्ण धिताल
images

घैरुङ । गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सक्ने हो भने शिक्षाको विकास हुने बताएको छ । सहिद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर बोल्दै सभामुख धितालले यस्तो बताएको हो।

उनले भने–‘वर्तमान समयमा गाउँहरु रित्तो हुदैँ जाने र विद्यालयमा विद्यार्थी घट्दै जानुले गाउँका विद्यालयहरु धरासायी बनेका छन’ । उनले दक्ष जनशक्ति पलायन आजको मुख्य समस्या भएको बताउँदै शिक्षाको लागि विद्यालयहरुमा भैतिक प्रगति राम्रो देखिएपनि गुणस्तरीय शिक्षामा वृद्धि हुन नसकेको उनको भनाई थियो । गाउँहरुमा रोजगारीको अभाव पनि बसाईसराईको मुख्य समस्या भएको बताउँदै धितालले भने–‘शिक्षा पाएपछि आफै स्वरोजगार हुने र स्वदेशमै केही गर्ने जनशक्तिको अभाव छ । गाउँमा राम्रो शिक्षाको पहुँच नहुँदा बसाईसराई देखी अध्यायनको लागि विदेशिनेहरुको संख्या बृद्धि हुदै गएको छ, यो समस्या शिक्षाको ठूलो समस्याको रुपमा हामीले लिनुपर्छ’।

तिनमाने वरिपरिको बस्तीमा सुन्तला खेती हुने गरेको स्मरण गर्दै कृषि क्षेत्रको विस्तार र बजारीकरण पनि हाम्रो सामु चुनौति बनेको बताए । सुन्तलाका बोटबिरुवाहरु मर्दै गए, नयाँ बिरुवा रोप्न र कृषिमा चासो राख्नेहरुको कमी हुँदै जाँदा गाउँहरुमा जनसंख्या घट्ने र त्यसको प्रत्यक्ष असर विद्यालयहरुमा देखिने गरेको उनको भनाई थियो । सरकारले शिक्षाको हरेक विकासमा अर्बौं खर्च गरेको बताउँदै त्यस अनुरुपको परिणाम दिन स्थानीय तह देखि शिक्षक, स्थानीय बुद्धिजीवी लाग्नु पर्ने भन्दै ठोस योजना सहित जलदेवी विद्यालयको शैक्षिक प्रगतीमा चासो राख्न सबैमा उनले आग्रह समेत गरे ।

कार्यक्रममा बिद्यालयलाई आर्थिक सहयोग गर्नुहुने, बिद्यालयलाई जग्गा दिनुहुने, अक्षयकोष स्थापना गर्नुहुनेलाई सम्मान समेत गरिएको थियो । शैक्षिक सत्र २०७८ मा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरु, बिभिन्न खेलकुद बिदामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बिद्यार्थी तथा हाउसलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, वडा नं. ५ का वडाअध्यक्ष यम बहादुर रानामगर, स्थानीय तहका जनप्रतिनीधिहरु, बुद्धिजीवि, बिद्यालयलाई आर्थिक सहयोग गर्ने दानबिरहरुको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७९ शनिवार - २२:३२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology