Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन हाईवे हस्पिटलमा एकदिने स्वास्थ्य शिविर सम्पन्न, २३० जनाको स्वास्थ्य परीक्षण

मुग्लिन हाईवे हस्पिटलमा एकदिने स्वास्थ्य शिविर सम्पन्न, २३० जनाको स्वास्थ्य परीक्षण

इच्छाकामना न्युज

२०, फाल्गुण २०७९
मुग्लिन हाईवे हस्पिटलमा एकदिने स्वास्थ्य शिविर सम्पन्न, २३० जनाको स्वास्थ्य परीक्षण

मुग्लिन । सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिन हाईवे हस्पिटलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मुग्लिङ हाइवे हस्पिटलले शनिबार एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

images

उक्त शिबिरमा २३० जनाले स्वास्थ्य सेवा लिएका छन् । स्त्री तथा प्रसुती तर्फ ८८, अर्थोपेडिक सेवा ६७ र मेडिसिन तर्फ ७५ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

332836165_1278419479441891_5435338842500868507_n.jpg

स्वास्थ्य शिविरमा भरतपुर अस्पतालका बरिष्ठ स्वास्थ्य बिशेषज्ञहरुबाट स्वास्थ्य जाँच तथा उपचार गराएका थिए । शिबिरमा बरिष्ठ गाईनोकोलोजिष्ट डा. सजन केसी, इन्टरनल मेडिसिन बिशेषज्ञ डा. सन्दिप पाण्डे, बरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाश कँडेल, मेडिकल अफिसर डा. रामनाथ ठाकुर र स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए । 

साथै स्त्री तथा प्रसूति, पाठेघर क्यान्सर, प्रेसर, सुगर, थाईराईड, पेट, छाती, मुटु, हाड, जोर्नी, नसा, घुडा र कम्मरको दुखाई सम्बन्धी समस्याहरुको परीक्षण तथा उपचार सेवा समेत प्रदान गरिएको मुग्लिन हाइवे हस्पिटलले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७९ शनिवार - २३:२५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology