Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना कहरकै बिच देवघाटमा स्नान गर्नेको ओइरो

कोरोना कहरकै बिच देवघाटमा स्नान गर्नेको ओइरो

कोरोना कहरकै बिच देवघाटमा स्नान गर्नेको ओइरो

चितवन, १ माघ । पवित्र तीर्थस्थल देवघाटधाममा आज माघेसक्रान्तिको अवसरमा ‘मकर स्नान’ गर्नेको घुइँचो लागेको छ ।

images

हरेक वर्षजस्तै यस वर्ष पनि देवघाटमा भीड लागेको हो । यधपि कोरोना संक्रमणको विषम परिस्थितिका कारण विगत वर्ष भन्दा यस वर्ष ४० प्रतिशत भक्त्तजनको कमी आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

कालीगण्डकी र त्रिशूलीको संगम स्थल मानिने देवघाटमा हिजो रातिदेखि नै स्नान गर्नेको भीड लागेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले गएको ३६ घण्टामा झण्डै तीन लाख जना मकर स्नान गर्न आएको जानकारी दिए । यसपाली विगतभन्दा ४० प्रतिशतले भक्तजनको आगमनमा कमी आएको निर्देशक घिमिरेले बताए ।

 

कोरोनाको जोखिम कायमै रहेकाले मास्क, भौतिक दूरीलगायतका स्वास्थ्य सुरक्षा मापदण्डमा विशेष सचेतना अपनाउन आग्रह गरेको उनले बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले कालीगण्डकी र त्रिशूलीको संगमस्थल तथा धर्मशास्त्रमा देवघाटलाई तीर्थहरुको तीर्थ एवम् अन्य तीर्थलाई पनि प्रवित्र तुल्याउने उल्लेख गरिएकाले देवघाटमा माघे संक्रान्तिमा स्नान गर्नेको घुइँचो लाग्ने गरेको छ । माघे संक्रान्ति मेलामा देवताहरु पनि स्नान गर्न देवघाट आउने धार्मिक कथन रहेकै कारण पनि भक्तजनको घुइँचो लाग्ने गरेको अध्यक्ष पौडेलले बताए ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १८:३८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology