Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नयाँ दिल्लीको निम्तो पर्खिंदै प्रधानमन्त्री प्रचण्ड, बेइजिङको निम्तो भने आयोसक्यो

नयाँ दिल्लीको निम्तो पर्खिंदै प्रधानमन्त्री प्रचण्ड, बेइजिङको निम्तो भने आयोसक्यो

इच्छाकामना न्युज

३, चैत्र २०७९
नयाँ दिल्लीको निम्तो पर्खिंदै प्रधानमन्त्री प्रचण्ड, बेइजिङको निम्तो भने आयोसक्यो
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिला कुन देशमा भ्रमण जाने भन्ने कुरामा अप्ठेरोमा छन् । उनले चीनबाट भ्रमणको निम्तो पाइसकेका छन्। तर, चीन भ्रमण गर्दा अप्ठेरो पर्न सक्ने उनले आँकलन गरेका छन् । नयाँदिल्लीबाट औपचारिक निम्तोको प्रतीक्षामा प्रचण्ड छन्।

images
images

चीनले जुन कार्यक्रमको छेको पारेर प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिएको हो, त्यही समयमा नयाँदिल्लीले भ्रमणको निम्तो दिने सम्भावना देखिएको छ। त्यसैले पहिले भारतको भ्रमण गर्ने प्रचण्डको चाहना पुरा हुने सम्भावना बढेको छ। त्यसपछि मात्र उनी चीन भ्रमणमा जानेछन्।

एसियाको एकीकृत आर्थिक अभिवृद्धिका लागि सन् २००१ मा स्थापना गरिएको ‘बोआओ फोरम फर एसिया’ को वार्षिक सम्मेलन १४–१७ चैतमा हुँदैछ। हाइनान प्रान्तको बोआओमा हुने सम्मेलनमा सहभागिताका लागि नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिइसकेका छन्।

यस पटकको सम्मेलनको मुख्य विषयवस्तु ‘अनिश्चित विश्व : चुनौतीका बीच विकासका लागि ऐक्यबद्धता र सहकार्य’ तय गरिएको छ। सम्मेलनमा ‘विकास र समावेशीकरण’, ‘दक्षता र सुरक्षा’, ‘क्षेत्रीय र विश्वस्तरीय’ र ‘वर्तमान र भविष्य’ विषयमा छलफल हुनेछ।

कोभिड महामारीपछि पहिलो पटक शीर्ष एसियाली नेताहरुको जमघट हुने गरी आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि चीनबाट निम्तो प्राप्त भए पनि त्यो समयमा प्रधानमन्त्री प्रचण्ड बोआओको साटो नयाँदिल्लीमा हुने सम्भावना बढी छ।

‘सम्मेलनमा सहभागितासँगै त्यसलाई राजकीय भ्रमणको रुपमा रुपान्तरित गर्ने गरी प्रधानमन्त्रीलाई चीनबाट भ्रमणको निम्तो प्राप्त भएको हो,’ स्रोतले भन्यो, ‘तर, यसबीचमा भारतबाट पनि भ्रमणको निम्तो प्राप्त हुने सम्भावना छ। त्यसैले, बोआओ सम्मेलनपछि मात्र प्रधानमन्त्रीको चीन भ्रमण हुने सम्भावना बढी छ।’
खासमा प्रचण्ड आफैँ चीनभन्दा भारत भ्रमण पहिले गर्न इच्छुक छन्। प्रधानमन्त्री बनेलगत्तै ११ पुसमा भारतीय टेलिभिजन च्यानल ‘एबीपी’ सँगको अन्तर्वार्तामा उनले भारतबाट विदेश भ्रमण सुरु गर्ने आफ्नो चाहना व्यक्त गरेका थिए।

‘पहिले जुन देशबाट भ्रमणको निम्तो आउँछ, त्यही देशबाट मेरो विदेश भ्रमण सुरु हुनेछ,’ उनले भनेका थिए, ‘मेरो भर्खर भारतीय राजदूत (नवीन श्रीवास्तव) सँग कुराकानी भयो। त्यसैले मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुने सम्भावना छ।’

images
प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ०९:२१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology