काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत माग्दै राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए ।
प्रस्तावको विपक्षमा ८९ दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।