Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रिय युवा संघ गोरखाको अध्यक्षमा शहिद लखनका राजेन्द्र पुडासैनी निर्वाचित

राष्ट्रिय युवा संघ गोरखाको अध्यक्षमा शहिद लखनका राजेन्द्र पुडासैनी निर्वाचित

इच्छाकामना न्युज

८, चैत्र २०७९
राष्ट्रिय युवा संघ गोरखाको अध्यक्षमा शहिद लखनका राजेन्द्र पुडासैनी निर्वाचित

गोरखा । राष्ट्रिय युवा संघ नेपाल गोरखाको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । बुधवार बिहान सकिएको संघको आठौं जिल्ला अधिवेशनले शहिद लखन गाऊँपालिकाका पुडासैनीको नेतृत्वमा नयाँ जिल्ला कमिटि चयन गरेको हो ।

images

अध्यक्षमा ३ जनाको उम्मेद्वारी परेकोमा ४२ मत प्राप्त गर्दै पुडासैनी निर्वाचित भएको हो । अध्यक्षका अर्का प्रत्याशी लक्ष्मण श्रेष्ठले २२ र सचित रोकाले १२ मत प्राप्त गरेका अधिवेशनको अध्यक्ष मण्डलका सदस्य एवम् नेकपा एमाले जिल्ला सचिव काजीराम रोकाले बताए ।

यस्तै उपाध्यक्षमा सुशिल अधिकारी ३९ मत प्राप्त गर्दै विजयी हुनुभयो भने अर्का उम्मेद्वार गणेश खत्रीले ३४ मत प्राप्त गर्नुभयो ।

सचिवमा विशाल लामिछाने, सहसचिवमा शरण गुरुङ र अनुप पाण्डे निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने सुरेश सुनार निर्विरोध निर्वाचित हुनुभएको रोकाले जानकारी दिनुभयो ।

अधिवेशनले ५१ सदस्यीय कार्यसमिति चयन गरेपनि विधान अनुसार ७३ जनासम्मको जिल्ला कमिटि गठन गर्न सकिने सचिव विशाल लामिछानेले बताउनुभयो ।

अधिवेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मंगलवार उद्घाटन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - २१:०६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology