Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सम्पन्न, यी विषयमा जुट्यो सहमति 

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सम्पन्न, यी विषयमा जुट्यो सहमति 

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सम्पन्न, यी विषयमा जुट्यो सहमति 

काठमाण्डौ, ३ माघ । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकमा दुई देशबीचका विभिन्न विषयमा छलफल भएको छ । छलफलमा नेपाल र भारतबीच सीमा समस्या चाँडै सुल्झाउने सहमति भएको बताइएको छ। 
हिजो दिल्लीमा सम्पन्न आयोगको बैठकले सीमा व्यवस्थापन कार्यलाई छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘बैठकमा सीमाका विषयमा छलफल भयो र सीमा व्यवस्थापनमा बाँकी रहेका कामहरू छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ’, बैठकपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ। 
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमिलाई लिएर पछिल्लो समय सम्बन्ध चिसिएको थियो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशंकरले बैठकको अध्यक्षता गर्नुभएको थियो । बैठकमा कोभिड—१९ खोप, सीमा नाका र सीमा व्यवस्थापन, अन्तरदेशीय यातायात, आर्थिक सहयोग, व्यापार, जलविद्युत् र जलस्रोतका साथै संस्कृति र शिक्षालगायत महत्वपूर्ण क्षेत्रहरूका बारेमा छलफल पनि भएको थियो । त्यस्तै, बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको समीक्षा, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन र थप नयाँ हवाई रुटबारे पनि छलफल भएको जनाइएको छ। बैठकमा चालू अवस्थामा रहेका र समझदारीमा रहेका द्विपक्षीय परियोजनाहरूलाई तीव्र गतिमा अगाडि बढाउने सहमति पनि जुटेको छ। 
यस्तै नेपाल र भारतबीच ४ सय केभी बुटवल–गोरखपुर सीमापार प्रसारण लाइनको कामलाई छिटो अघि बढाउने सहमति भएको छ। त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको महत्व दोहो¥याउँदै बैठकले परियोजनाको प्रारम्भिक म्याद थप गर्न सहमति पनि जुटेको छ । बिहीवार दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवाली आज स्वदेश फर्कनुहुनेछ ।

images

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०९:०१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology